सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतमबुद्ध कपको उपाधि राप्तीको पोल्टामा


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १५:४८ 
  • चितवन ३० मंसिर। चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट मैदानको नमुना खेल मैदानमा सम्पन्न गौतम बुद्ध कपको उपाधि राप्तीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो ।

    राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले २० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रनमात्र बनायो ।

    नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४८ रनको योगदान दिए । १८.३ ओभरमा अभिनाश बोहराको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका उनले ३१ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । रित गौतम र इशान पण्डेले समान २७–२७ रनको योगदान दिए ।

    राप्तीका लागि अभिनाश बोहराले ३, भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटको रुपमा प्राप्त भयो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।

    राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको योगदान दिए । १०.२ ओभरमा साहब आलमको बलमा बोल्ड भएका उनले ३१ बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गरे ।

    अन्तिम ओभरमा रन आउट भएका कप्तान विनोद भण्डारीले २१ बलमा ४ चौका र १ छक्काको मद्दतले ३३ रन प्रहार गरे । सुमित महर्जनले २२ रनको योगदान दिए ।
    नारायणीका लागि साहब आलमले ३ सुशन भारीले २ र कप्तान करण केसीले १ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

    मंसिर २७ बाट सुरु भएको प्रतियोगितामा राप्ती, नारायणी र बागमती गरी तीन टिम सहभागी थिए । प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँगको सहकार्यमा गरेको हो ।

    बाग्मती प्रदेश खेलकुद विकास समिति र भरतपुर महानगरपालिकाले आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितालाई तथा नेपाल क्रिकेट संघ (क्यानले) प्रविधिक सहयोग गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.