सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर बहुप्राविधिक शिक्षालय प्रशासनिक भवनको आज शिलान्यास


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १४:४७ 
  • चितवन, ३० मङ्सिर । भरतपुर महानगरपालिका–२३ मा भरतपुर बहुप्राविधिक शिक्षालय प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ । भवनको महानगरप्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको हो । जगतपुरमा रहेको सरस्वती माविले भोकाधिकार दिएको जग्गामा भवनको शिलान्यास गरिएको हो । महानगरप्रमुख दाहालले प्राविधिक शिक्षालयले देश सुहाउँदो श्रम र सीपलाई सम्मान गर्दै सीपमार्फत रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । बहुप्राविधिक शिक्षालय आवासीय अवधारणाअनुसार सञ्चालन हुने बताउँदै सङ्घ, प्रदेश, सिटिइभिटी र भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो ।

    उहाँले प्राविधिक शिक्षाले महानगरमा ऐतिहासिक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । महानगरले नगरवासीको चाहनाअनुसार सबै काम अघि बढाएको बताउँदै दाहालले विकासको काममा नगरवासीले अपनत्व महसुस गरेको जानकारी दिनुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो, २४ का अध्यक्ष कान्छा मल्ल, २५ का अध्यक्ष विजय भुजेल, शिक्षालयका प्रमुख बज्रमोहन पौडेललगायतले बोल्नुभएको थियो । वडा नं २३ का वडाध्यक्ष नरिनारायण पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा शिक्षालयका प्रमुख पौडेलले तीन बिगाह क्षेत्रफलमा शिक्षालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो । रु एक करोड तीन लाखको लागतमा दुईतले भवन निर्माण गरिँदैछ । शिक्षालयको गुरुयोजना निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । शिक्षालयले यसै शैक्षिक सत्रमा होटल व्यवस्थापनको पढाइ शुरु गर्दैछ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.