सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २४ हजार तीन सय ८९ जनाको स्वाव परीक्षण


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १२:१९ 
  • ३० मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २४ हजार तीन सय ८९ जनाको स्वाव परीक्षण भएको छ । परीक्षण भएकामध्ये १२ हजार चार ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको करिब १० प्रतिशत हुन आउँछ ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेशमा ६ वटा स्वाव परीक्षण प्रयोगशाला छन् । सेती प्रादेशिक प्रयोगशालामा ६८ हजार सात सय पाँच जनाको स्वाव परीक्षण गरिएको छ ।

    यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा २१ हजार आठ सय ५३, डोटी अस्पतालको प्रयोगशालामा ६ हजार नौ सय १९, बैतडी अस्पतालको प्रयोगशालामा दुई हजार चार सय २१, बझाङ अस्पतालको प्रयोगशालामा चार हजार आठ सय ४५ र अछाम कमलबजार प्रयोगशालामा तीन हजार एक सय सात जनाको नमुना परीक्षण भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १६ हजार तीन सय १८ जना र कर्णाली प्रयोगशालामा तीन हजार एक सय सात जनाको स्वाव परीक्षण गरिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

    ४६ जनाको मृत्यु

    आइतवार कैलालीका ५५ वर्षीया एक महिला र कञ्चनपुरका ७५ वर्षीया एक महिलाको मुत्यृ भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४६ पुगेको छ । यो संख्या प्रदेशमा पुष्टि भएका कुल संक्रमित संख्याको ०।३ प्रतिशत हुन आउँछ ।

    हालसम्म कैलालीमा सबैभन्दा बढी २५ जनाले ज्यान गुमाएका छन् । यस्तै कञ्चनपुरमा सात, बझाङमा तीन र डडेल्धुरामा तीन जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको छ । अछाम, बाजुरा र दार्चुलामा दुई–दुई जनाले कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । डोटी र बैतडीमा एक–एक जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

    आइसोलेसनमा २,२४९ जना

    सोमवार साँझसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा दुई हजार दुई सय ४९ जना आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा एक सय ५०, डोटीमा ७५, डडेल्धुरामा ३८ र कैलालीमा ३५ जना बिभिन्न अस्ताल तथा स्थानीय तहहरुले तयार गरेका आइसोलेसनमा रहेका छन् ।

    यस्तै अछाममा २८ र बझाङमा २२ जना पनि आइसोलेसनमा रहेका छन् । अन्य एक हजार नौ सय जना घरमै आइसोलेसनमा रहेका निर्देशनालयले जनाएको छ । सोमबारसम्म सात जना आइसियु र तीन जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    २,३८२ जना सक्रिय संक्रमित

    सोमवारसम्मको तथ्यांक हेर्दा यस प्रदेशमा दुई हजार तीन सय ८२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सोमवार मात्रै कैलालीमा ४४, अछाममा १०, बझाङमा पाँच, डडेल्धुरामा दुई, कञ्चनपुरमा आठ र बाजुरामा एक गरि ७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कैलालीमा पाँच सय ८६, अछाममा तीन सय ५५, बझाङमा तीन सय ४२ र दार्चुलामा दुई सय ५७ सक्रिय संक्रमितहरु रहेका छन् ।

    यस्तै कञ्चनपुरमा दुई सय १०, डोटीमा एक सय ८९, डडेल्धुरामा दुई सय ५७ बैतडीमा एक सय १४ र बाजुरामा ३५ जना सक्रिय संक्रमितहरु रहेका छन् । हालसम्म १० हजार २० जनाले कोरोना विरुद्धको लडाइँ जितेका छन् ।

    एक सातामा ६३२ संक्रमित थपिए

    गएको एक सातामा यस प्रदेशमा ६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

    गत २५ गते साताकै सवैभन्दा बढी एक सय ४५ जना संक्रमित थपिएका छन् । यस्तै २४ गते एक सय २३ जना र २७ गते एक सय सात जना संक्रमित थपिएका छन् ।

    यसैगरी २३ गते ५९, २६ गते ५८, २८ गते ६९ र सोमवार ७० जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.