सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार ११:०४ 
  • कास्की, ३० मङ्सिर । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

    छनोट भएका खेलाडीमा विपीन खत्री (कप्तान), दिपेश खत्री, अभिषेक थापा, साहिल कार्की, अरुण अधिकारी, सुदीप पौडेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की, रमेश बस्नेत ९विकेट किपर०, सुवास भण्डारी, नितेश गिरी र देव साह हुनुहुन्छ ।

    यसैगरी वैकल्पिक खेलाडीमा विकास क्षेत्री र तेजेन्द्र घर्तीमगर तथा टोली प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक चन्द्रकुमार गुरुङ हुनुहुन्छ । सङ्घका अध्यक्ष सिग्देलका अनुसार छनोट भएका खेलाडी आगामी पुस ३ देखि शुरु हुने प्रादेशिक छनोट प्रतियोगिताका लागि पुस १ गतेदेखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । प्रदेश छनोटमा कास्कीसहित नवलपुर, तनहुँ र स्याङजाको टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

    चार जिल्लाका खेलाडीबीचको प्रतिस्पर्धाबाट गण्डकी प्रदेशस्तरीय टोली छनोट गरी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेशको टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

    साङ्ग्रिला क्लबस्तरीय क्रिकेटको च्याम्पियन

    साङ्ग्रिला क्रिकेट क्लब जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिताको विजेता बनेको छ । सोमबार पोखरा रङ्गशालामा भएको प्रतियोगितामा साङ्ग्रिलाले माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो ।

    टस जितेर ब्याटिङ रोजेको साङ्ग्रिला क्रिकेट क्लबले ३५ दशमलव एक ओभर खेल्दै १४९ रन बनाएको थियो । जीतका लागि १५० रनको लक्ष्य पछ्याएको माछापुच्छ«ले १२१ रन मात्र बनाउन सफल भएको थियो । प्रतियोगितामा साङ्ग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राइजिङ पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएका थिए । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.