सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर उद्योग बाणिज्य संघको मतगणना शुरु


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १०:५९ 
  • चितवन, मंसिर ३०। रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्तर्रगत आज मतगणना शुरु भएको छ । हिजो होटल स्टार बेन्कुट्मा सम्पन्न भएको मतदानमा संघका १३ सय २५ मतदाता मध्ये ११सय ९१ अर्थात करिब ९० प्रतिशत मत खसेको थियो । आज संघको भवनमा केहीबेर अगाडी बिहान १० बजेबाट मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता रामकृष्ण अधिकारीले जानकारी दिनु भयो ।

    त्यस्तै एसोशियट अन्तर्रगत १ सय ५० मतदाता मध्ये १ सय २१ मत खसेको छ । संघको वरिष्ठ उपाध्यक्षमा बिजयी हुने नै अर्को कार्यकालमा स्वतह अध्यक्ष हुने संघको बिधानमा उल्लेख्य भएकोले वरिष्ठ उपाध्यक्षको चुनाबी प्रतिस्पर्धालाई बढी महत्त्वको रूपमा हेर्ने गरिएको छ । सो निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसले प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए ।

    बरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा रहेको छ । बणिज्य तर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसका कविन घिमिरे तथा स्वतन्त्र उम्मेदवारका रुपमा देवीप्रसाद डल्लाकोटी उम्मेदवारी रहेको थियो । उद्योग तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसका निरञ्जन थापा, एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारी वीच प्रतिस्पर्धा रहेको छ । अधिकारीलाई नेपाली काङ्ग्रेस प्यानलको समर्थन रहेको छ ।

    महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल तथा कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेती वीच प्रतिस्पर्धा रहेको छ ।
    बाणिज्य सदस्यको लागि नेकपाबाट अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्य प्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिरे र नेपाली काँग्रेसबाट सुरेन्द्रकुमार श्रेष्ठ, यामनाथ आचार्य, हेमराज आचार्य, कृष्ण चौधरी, सागर दुवाडी, सिताराम भट्टराई, बुद्धराम जोशी, सुर्यकान्त पौडेल चुनावी मैदानमा छन ।

    उद्योग तर्फ सदस्यका लागि नेकपाबाट अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटा र नेपाली काँग्रेसवाट बुद्धिराज ओझा, अरुणकुमार सिवाकोटी, शम्शेर घामल्य, सविन मानन्धर, कपिल ढकाल र हरिशरण भट्टराई वीच प्रतिस्पर्धा रहेको छ ।

    महिला सदस्यमा नेकपाबाट निर्मला सुवेदी र नेपाली काँग्रेसबाट उर्मिलादेबी पोखरेल चुनावी मैदानमा छन । बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट, बस्तुगत सदस्यमा शिबराज मैनाली र एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भइसकेका छन । भट्ट र मैनाली नेपाली काङ्ग्रेस निकट र महतो तथा सागर नेकपा निकटका ब्यबसायी हुन ।

    संघको ९औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ भने ७ सदस्य भने कार्य समितिले मनोनित गर्ने संघको बिधानको व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.