सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतम बुद्ध कपमा राप्तीले नारायणीलाई एक विकेटले हरायो


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १६:२६ 
  • चितवन, मंसिर २९ । गौतम बुद्ध कप क्रिकेटको आज (सोमबार) को खेलमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नारायणीले दिएको एक सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक बलअघि भेट्यो । खेल नारायणीको पक्षमा गए पनि अन्तिम ओभरमा दिपेश श्रेष्ठले दुई वटा नो बल फ्याकेपछि राप्तीलाई सहज भएको थियो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ र कमल सिंहले अविजित २४ रन बनाए ।

    यसअघि पहिले ब्याटिङ गरेको नारायणीले आठ विकेट गुमाएर एक सय ३८ रन बनायो । किशोर महताले ३६ र करण केसीले ३२ रन बनाए । नारायणीलाई मध्यम स्कोरमा समेट्न राप्तीका अविनाश बोहरा र सूर्य तामाङले दुईरदुई विकेट लिए ।

    प्रतियोगिताको फाइनलमा मङ्गलबार राप्ती र नारायणी नै खेल्ने छन् । कोरोना महामारीपछि बन्द रहेको घरेलु क्रिकेट फेरि सञ्चालनको लागि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगको लागि वाग्मती क्रिकेट सङ्घले प्रतियोगिता आयोजना गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.