सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक भएको सेनाको निष्कर्ष


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १६:०७ 
  • २९ मंसिर, काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ । सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका हुन् ।

    जंगीअड्डा स्रोतका अनुसार समूहले मोरङमा एक जना निहत्था नागरिकको हत्या गरेपछि निगरानी बढाउन प्रधानसेनापति थापाले सैनिकहरुलाई निर्देशन दिएका छन् । सेनाको कात्तिक पहिलो साता भएको पृतनापति सम्मेलनले पनि विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौतिका रुपमा विश्लेषण गर्दै गतिविधि बढाउनसक्ने भनेको थियो ।

    व्यक्ति हत्या, जनसरकार घोषणा, विष्फोटन जस्ता गतिविधिलाई बढाउन थालेपछि समूहले हिंसा र आतंक र्सिजनालाई बढाउन खोजेको देखिएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुक्ष्म निगरानी थाल्न प्रधानसेनापति थापाको निर्देशन छ । ‘गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहनू’, थापाले भनेका छन्, ‘सबै परिस्थितिहरुमा स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपालको संविधान एवं प्रचलित ऐन, नियम अनुसार सबै प्रकारको सहयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहनू ।’

    स्रोतका अनुसार सम्बोधनका क्रममा थापाले असन्तुष्ट समूह आपराधिक क्रियाकलापमा संलग्न भएर समाजमा हिंसा र आतंक सिर्जना गर्दै जानसक्ने अवस्थाप्रति पनि सजग रहन भनेका छन् । साथै, उनले स्थानीय स्तरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतसँग समन्वय गरी शान्ति, सुरक्षा र स्थिरता कायम राख्न तयारी हालतमा रहन पनि भनेका छन् ।

    सेनापति थापाले हिउँदामा कोभिड–१९ भाइरसको संक्रमण थप बढ्न सक्ने सम्भावनासमेत भएकाले सुरक्षा मापदण्ड पालना गर्दै सामुन्नेमा आउने परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न पनि निर्देशन दिएका छन् ।

    नेपाली सेनाले आधुनिक र पेशेवर सेनाको रुपमा विकास गर्ने आधारहरु तयार गरिसकेको उल्लेख गर्दै प्रधानसेनापति थापाले संगठनमा स्थापित हुँदै गएका पद्दति र प्रणालीलाई अझ सबल, मजबुत र नियमित बनाउन सबैले आ–आफ्नो नियुक्तिको जिम्मेवारी पूर्ण इमान्दार र वफादार भई निभाउनु पर्नेमा पनि जोड दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.