सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामशरण महत भन्छन : कम्युनिस्टको आन्तरिक झगडाले एमसीसी पास हुन सकेन


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १५:५२ 
  • चितवन मंसिर, २९ । नेपाली कांग्रेसका नेता रामशरण महतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास हुन नसकेको बताएका छन् ।

    चितवनको नारायणगढमा आयोजित सरकार विरोधी सभामा नेता महतले कांग्रेस सरकारको पालामा भएको एमसीसी सम्झौता कार्यान्वयनमा सरकार दृढ नभएको बताए । ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एमसीसी सम्झौता संसदबाट पास हुनपर्छ,’ पूर्वअर्थमन्त्री समेत रहेका महतले भने, ‘एमसीसी पास भए अमेरीकी सेना आउँछ भन्नु सरासर झुट प्रचार गरिएको छ । कसैलाई गाली गरेर देशको विकास हुँदैन ।’

    विद्युत लाइन विस्तार र सडकका लागि ५० करोड डलर सहायता आउन लागेकाले विरोध गर्न उचित नभएको उनले बताए ।

    नेता महतले भारतसँग वार्ता गरेर सीमा समस्या समाधान गर्नुपर्ने बताए । चीनले नेपालका विभिन्न ठाँउमा सीमा मिचेका खबरहरु आएपनि सरकारले थाहा नपाए जस्तो गरेको उनले बताए ।

    ‘हुम्ला, गोरखा, दोलखा, सोलुखुम्बु लगायतका जिल्लामा चीनले सीमा मिचेका कुराहरु आइरहेका छन्, यसको निष्पक्ष छानविन गरेर जनतालाई जानकारी गराउनुपर्छ’ उनले भने ।

    जनता कोभिडको मारका रहेका बेला समेत सरकार भष्ट्राचार गर्न उद्धत रहेको उनको आरोप छ । जनजीविका सवाललाई सम्वोधन गर्नुभन्दा सरकार ठूला कुरा गर्ने, तर परिणाम देखाउन नसक्ने अवस्थामा पुगेको महतका दाबी छ ।

    भरतपुरको चौबिसकोठी, क्याम्पसगेट, लायन्सचोक, सहिदचोकमा नाराबाजीसहित निस्किएको जुलस पुल्चोकमा पुगेर सभामा परिणत भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.