सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेस चितवनले गर्यो आज सरकार विरोध प्रदर्शन


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १५:४४ 
  • चितवन , २९ मंसिर । कूशासन, भ्रष्टाचार र दमन विरुद्ध नेपाली कांग्रेस चितवनले आज भरतपुरमागरेको छ । प्रदर्शनमा हजारौं कांग्रेसका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । भरतपुरको चौविसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले सम्बोधन गर्नुभएको थियो । प्रदर्शनमा जिल्लास्थित सबै पालिकाका ९८ वडाबाटै पार्टी नेता कार्यकर्ता र भातृ संगठनहरु सहभागी गराइएको नेपाली कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै कांग्रेसको आरोप छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’ कांग्रेस चितवनले भनेको छ ।

    सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको बताउँदै कांग्रेसले जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको समेत बताएको छ । कांग्रेस चितवनका २६ हजार बढि क्रियाशिल सदस्य छन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    बेलौरीमा हाटबजार पुनः सञ्चालन
    हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
    • कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि
    • क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
    • ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
    • सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक: प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.