सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १२:२३ 
  • त्रिशूली, २९ मङ्सिर । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

    व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराउनुभएको थियो । ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।

    कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो ।

    “कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराइँदै आए पनि गर्भवतीमा सङ्क्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिइएको यो पहिलो पटक हो ”, चिकित्सक केसीले भन्नुभयो,“अस्पतालमा हाल उपचारारका लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौँ ।”

    सेवाग्राहीको वृद्धि

    अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९को सङ्क्रमण शुरु हुनुपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०–६० को हाराहारीमा हुने गरेकामा हाल सो सङ्ख्या २०० नाघ्न थालेको छ ।

    काठमाडाँैमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ । “कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौँ ”, अस्पतालका अध्यक्ष न्यौपानेले भन्नुभयो,“चिकित्सकका परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या बढ्दो छ ।”

    अर्कातर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।

    यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष ९आइसियू० सेवा शुरुआत गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पु¥याइएको छ । यससँगै दश श्ययाको सघन उपचार कक्ष सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.