सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

याम्बलिङ हाइड्रोपावरको अध्यक्षद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार ११:४७ 
  • २९ मंसिर, काठमाडौं । याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको उनका पति लक्षमण कृष्ण राजभण्डारीले जानकारी दिएका छन् ।

    सुसन कर्माचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन् । उनी हाल याम्बलिङ हाइड्रोपावरको अध्यक्षम पनि छिन् ।

    कमानसिंह लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए । साथै एकअर्कालाई मिलाउन भूमिका खेलेका नारायणकाजी श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ ।

    यसै सन्दर्भमा कुरा गर्न कर्माचार्य आफ्नो श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार गएकी थिइन् । प्रधानमन्त्री ओलीसँग दिउँसो ३ बजेदेखि ३ः४५ बजेसम्म यस विषयमा कुराकानी गरेको कर्माचार्य परिवारले जनाएको छ ।

    सो क्रममा प्रधानमन्त्री ओलीले ‘गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडिग लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ’ भनेर सम्झाएको सुसनका पति लक्ष्मणले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

    साथै मानसिंह लामाले यसबारे आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न सुझाव पनि दिएको लक्ष्मणले उल्लेख गरेका छन् ।

    ‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो । उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकोले मिलेर सल्टाउन र क।प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो,’ लक्षमणले फेसबुकमा लेखेका छन् ।

    लक्ष्मण थप लेख्छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्छ यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.