सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ बनाउँछ : गृहमन्त्री थापा


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार ११:०२ 
  • भरतपुर, २९ मंसिर । गृहमन्त्री रामबहादुर थापा (बादल)ले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ बनाउने बताउनु भएको छ । प्रेस संगठन चितवनले आज सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने बताउनुभयो ।

    उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गर्दै भन्नुभयो “पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुधृढ भएर जान्छ ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहनु भएका गृहमन्त्री थापाले पार्टीभित्रको विरोधलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गर्नुभयो ।

    फरक प्रसंगमा उहाँले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि उनीहरुका मृगतृष्णा मात्रै भएको बताउनुभयो । राजावादीहरुको गतिविधि व्यवस्था विरोधी र प्रतिपक्षको गर्न लागेको प्रदर्शन सरकार विरोधी भएको उहाँले बताउनुभयो । पछिल्लो समय कोभिडले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्तिहरु व्यवस्था प्रणाली र संविधानलाई उल्ट्याउने अवसर आएको भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “त्यही अनुसार उनीहरुले यो राजनीतिक उपलब्धीलाई उल्ट्याउनका लागि सक्रिय भएको देखिन्छ।”राजावादीहरुको गतिविधिहरु र अरु शक्तिहरु पनि सतहमा आईरहेको भन्दै उहाँले थप्नुभयो “सरकार विरोधी पनि अहिले सलबलाईरहेका छन् । यसै सन्दर्भमा प्रतिपक्षले देशव्यापी रुपमा आज सरकार विरोधी प्रदर्शन गर्दैछ ।” उहाँले अगाडि भन्नुभयो “उनीहरुले सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्तापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन ।”

    नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन नदिने उहाँको भनाई छ । राजावादीहरु गणतन्त्र विरोधी भएको र विप्लव समूह यो व्यवस्था स्थापित गरेर उनीहरुको भाषामा समाजवादी क्रान्ति गर्ने भन्ने रहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.