सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओली–प्रचण्डको दुईतर्फी प्रहार


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १०:३१ 
  • (केपी ओलीको पुस्तक ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ मा विद्यादेवी भण्डारीले लेखेको प्रकाशकीयबाट)

    २०७१ साल असारमा सम्पन्न तत्कालीन नेकपा एमालेको नवौं महाधिवशेनको मूल नारा नै थियो– ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं ।’

    एमालेको नवौं महाधिवशेनले ओलीलाई अध्यक्ष पदमा जिताएर ‘जबजको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्ने’ मूल नारालाई व्यवहारमा उतार्नका लागि मुख्य जिम्मेवारी दियो । महाधिवशेनले दिएको त्यो म्याण्डेटअनुसार पार्टी अध्यक्ष ओलीले आफ्नो पाँच वर्षे कार्यकालमा जनताको बहुदलीय जनवादलाई समृद्ध पार्नुपर्थ्यो ।

    नवौं महाधिवेशनको पूर्वसन्ध्यामा २०७१ जेठ २६ गते काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्षका तत्कालीन उम्मेदवार ओलीले जबजको दह्रै वकालत गरेका थिए । उनले जबजलाई सुदृढ गर्दै समाजवादी दिशामा अघि बढ्नुपर्ने एमालेको कार्यभार रहेको बताएका थिए ।

    त्यसबेला ओलीले भनेका थिए, ‘जबज नेपाली क्रान्तिको मौलिक कार्यक्रम मात्रै होइन, यो नेपाली क्रान्तिका समग्र व्यवहारलाई मार्गदर्शन गर्ने सिद्धान्तसमेत हो, अर्थात् यो मार्क्सवादको नेपाली संस्करण हो । (ओली स् जबज र पार्टी जीवनको लोकतान्त्रीकरण, पृष्ठ ४)

    कार्ल मार्क्सले भनेका छन, मानिसले आफ्नो इतिहासको रहचना आफैंले गर्छ, तर आफूले सोचेजस्तो कदापि होइन । केपी ओलीको हकमा पनि मार्क्सले भनेजस्तै भयो । एमालेको नवौं महाधिवेशनले तय गरेको ‘जबजको मार्गदर्शन’ र ओली आाफैंले महाधिवेशनका बेलामा प्रतिवद्धता जनाएको ‘जबजलाई सुदृढ गर्ने’ नारा उनी आफैंले मेटाए ।

    अन्ततः ओलीले आफैं अध्यक्ष रहेका बेलामा उनले उग्रवामपन्थी ९माओवादी० सँग सम्झौता मात्रै गरेनन्, एकता नै गरेर जबजको सौदाबाजी गरे ।

    माओवादीसँग मिलिसकेपछि अब विद्या भण्डारीले भनेजस्तो केपी ओलीको व्यक्तित्व ‘माओवादका नाममा पन्पिएको उग्रवामपन्थी अतिवादका विरुद्ध सशक्त वैचारिक संघर्ष चलाएर त्यसलाई परास्त गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अगुवा नेता’ का रुपमा रहेन ।

    र, विद्याले भनेजस्तो केपी ओली ‘अडान भएका’ र ‘लोकप्रिय नेता’ पनि रहेनन् । किनभने, उनी आफैंले जनताको बहुदलीय जनवादलाई छाडेर ‘जनताको जनवाद’ भन्ने कागजमा हस्ताक्षर गरिसकेका छन् । र, सरका सञ्चालनका क्रममा दिनानुदिन अलोकप्रियता कमाइरहेका छन् ।

    हुन त केपी ओलीले विगतमा झलनाथ, माधव नेपाल र वामदेव गौतमलाई माओवादीपरस्त नीति लिएको र उग्रवामपन्थीसँग लहसिएको आरोप लगाउँदै आएका थिए । तर, उनले आफ्नै कार्यकालमा एमालेको जबजवादी धारलाई उग्रवामपन्थी कित्तामा लगेर मिसाउने काम गरे । अनि, ओलीकै कार्यकालमा माओवादीसँगको ‘लसपस’ वैवाहिक सम्बन्धमै परिणत हुन पुग्यो ।

    शायद यही कारणले गर्दा अहिले माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरु भनिरहेका छन् कि जबजलाई समाप्त पार्ने काम अरु कसैले गरेको होइन, ओली आफैंले गरेका हुन् । प्रचण्डसँग सम्झौता गरेर ओलीले नै जबजलाई बिसर्जन गर्दै ‘जनताको जनवाद’ भन्ने निर्णय गरेका हुन् ।

    केपी ओलीको नेतृत्वमा माओवादीसँग मिलेर एमालेको विसर्जन भई बनेको नेकपाको अन्तरिम विधानमा जनताको बहुदलीय जनवादलाई तिलाञ्जली दिँदै स्पष्टसँग लेखिएको छ, ‘यस पार्टीको रणनीतिक लक्ष अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो र न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवाद उन्मुख छ ।’

    (नेकपाको अन्तरिम विधानको प्रस्तावनाबाट)

    उता, पूर्वमाओवादीका नेता एवं हाल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले विगतमा जबजलाई के भन्थे रु त्यो पक्कै पनि केपी ओलीलाई ज्ञात थियो । तर, उनले आफूलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि जबजलाई दाउमा लगाए ।

    तत्कालीन माओवादीको प्रमुख रहेका बेला प्रचण्डले एमालेको जबजबारे एक प्रसंगमा यसो भनेका थिए–

    ‘एमाले गद्दार गुटले सामन्तवाद र साम्राज्यवादको सच्चा सेवक बनेर देश र जनतामाथि राष्ट्रघात र जनहत्या थोपर्ने चाल बाहेक बहुदलीय जनवादको रणनीतिको अर्को अर्थ लाग्दैन र उसले यसो गरेर मात्र संसदमा ल्याउन सक्छ । आज ऊ ठीक त्यही बाटोमा हिँडिरहेको छ । यसप्रकारको प्रतिक्रियावादी राजनीतिक कार्यदिशालाई कायमै राखेर एमाले नेतृत्व गुटले जति वैचारिक बहस, सर्जहारा चरित्र, पार्टी निर्माण, संगठनात्मक सुदृढीकरणका कुरा गरे पनि त्यो जनताका लागि षड्यन्त्रबाहेक अर्को हुनै सक्दैन ।‘। सावधान‘। भेँडाको छाला ओढेर ब्वाँसो आइरहेको छ, कहीँ धोका नहोस् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    बेलौरीमा हाटबजार पुनः सञ्चालन
    हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
    • कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि
    • क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
    • ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
    • सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक: प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.