सरकारले श्वेत आतङ्क मच्चायो, अब टुलुटुलु हेरेर बस्दैनौँ : काँग्रेस नेता चौधरी
/११ जेष्ठ २०७६, शनिबार १४:२०
जागरण अभियानमा चितवन काँग्रेसका २० हजार कार्यकर्ता परिचालन हुने
चितवन । नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान अन्तर्गत चितवन जिल्लामा आफ्ना २० हजार सदस्य कार्यकर्तालाई परिचालन गर्ने भएको छ । नेपाली काँग्रेस चितवनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले तीन चरणमा सञ्चालन हुने जागरण अभियानमा चितवनमा पार्टीका २० हजार सदस्यलाई परिचालन गरिने जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले वर्तमान सरकारको ‘अनियमितता, भ्रष्टाचार र कुशासन विरुद्ध’ जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । केही दिनयता सरकार र सरकारमा रहेको पार्टीका कार्यकर्ताको कारण चितवनको वातावरण धमिलिएको पनि श्रेष्ठले टीप्पणी गर्नुभयो । ‘सरकारमा रहेको पार्टीकै कार्यकर्ताले प्रहरीमाथि पेट्रोल खन्याएर आगो लगाउने, प्राध्यापकमाथि कालोमोसो दल्ने जस्ता घटनाले जिल्लाको वातावरण धमिलिएको छ । सबै मिलेर वातावरण सङ्ल्याउनुपर्छ’ उहाँले भन्नुभयो ।
काँग्रेस चितवनका सभापति श्रेष्ठले आफुहरुको जागरण अभियानमा पेट्रोल छर्केर आगो लगाउने, कालोमोसो दल्ने जस्ता गलत काम नहुने पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको जागरण अभियानमा चितवनका लागि केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरीले अभियानको क्रममा सरकारको गतिबिधिको मूल्याङ्कन, निगरानी र आफ्नो सङ्गठनको समीक्षाका साथै सङ्गठन विस्तारको काम गरिने बताउनुभयो । उहाँले सरकार र सरकारमा रहेको पार्टीका नेता, कार्यकर्ताको गतिबिधि, चरित्र र व्यवहार संयमित, लोकतान्त्रिक र शान्तिप्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका काँग्रेस नेता चौधरीले भन्नुभयो– ‘प्रदेशसभा साँसदको उपस्थितिमा महिला प्रहरीको शरीरमा आगो लगाइएको छ, यो कुनैपनि राजनीतिक चरित्रको व्यक्तिले गर्न सक्दैन ।’ चौधरीले सरकारकै तर्फबाट राज्यमा ‘श्वेत आतङ्क’ मच्चाइएको आरोप लगाउँदै भयलाई राजनीतिक हतियार बनाउने काम गर्न नहुने बताउनुभयो । सरकारले बहुमतको दम्भ देखाएको पनि उहाँको आरोप थियो ।
सरकार पूर्ण रुपमा अधिनायकवादतर्फ गइरहेको भन्दै काँग्रेस नेता चौधरीले अब नेपाली काँग्रेसले टुलुटुलु हेरेर नबस्ने बताउनुभयो । नेपाली काँग्रेस कमजोर नभएको पनि उहाँको दावी थियो ।
नेपाल प्रेस युनियन, चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश सभा साँसद मिलन बाबु श्रेष्ठ, काँग्रेस चितवनका पूर्व सभापति एवम् पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, काँग्रेस चितवनका पूर्व सभापति एवम् पूर्व संविधानसभा सदस्य रामकृष्ण घिमिरे, पूर्व संविधानसभाका सदस्य अन्जनी श्रेष्ठलगायत पार्टीका नेता, कार्यकर्ताको उपस्थिति थियो ।