सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १५:०६ 
  • काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको आरोप लगाउनुभयो ।

    लामो सङ्र्षबाट स्थापना गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु स्वाभाविक हक भएको बताउँदै उहाँले पार्टीले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दवाव दिई जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढङ्गले अघि बढ्ने जनाउनुभयो ।

    पार्टीले कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेका परिवार, बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त समाज, खेतीका बेला मल नपाएर छट्पटिएको किसान, लकडाउनका बेला भोकका कारण सयौँ किलोमिटर पैदल हिँडेर गाउँ फर्किएका श्रमिक, व्यापार ठप्प हुँदा पनि राहत पुग्ने ढङ्गले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती व्यहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्योगीलगायतका पीडा र भावनालाई अब प्रखर ढङ्गले मुखरित र नेतृत्व गर्ने जनाएको छ ।

    मुलुकका ७७ वटै जिल्लामा सोमबार पार्टीले आयोजना गर्ने देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.