सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी हुन्न : परराष्ट्रमन्त्री


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १४:४८ 
  • २८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताएका छन् ।

    जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले आइतबार संयुक्त रुपमा आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म मेलमिलाप कायम गर्नु भएपनि पीडितले न्यायको अनुभूति नगर्दासम्म टाउको जोडेर मात्र न्याय हुँदैन भन्ने बुझेको बताए । उनले भने, ‘बाहिर आंशका गरिए जस्तो गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी हुन सक्दैन ।’

    ‘बिर्स र माफ गर’ वा सबैलाई आममाफी गर भन्ने पक्षमा सरकार नरहेको र पीडितले न्याय पाउने सुनिश्चित गरिने मन्त्री ज्ञवालीले बताए । ‘भोलिका दिनमा मेलमिलाप गराउँदा वा मेलमिलाप गराउँदा पनि पीडितको सहमतिमा मात्र गरिनेछ’ उनले भने ।

    हतियार तथा सेना व्यवस्थापन जस्ता शान्ति प्रक्रियाका महत्वपूर्ण काम सकिएको, तर संक्रमणकालीन न्यायका काममा केही ढिलाइ भएको उनले स्वीकार गरे । उनले अघि भने, ‘न्याय मर्ने छैन । न्यायको पर्खाइ अलि लामो भएको छ, तर खेर जाने छैन, गम्भीर मानवअधिकार उल्लंघनका दोषीहरुले सजाय पाउनेछन् ।’

    शान्ति सम्झौताको मर्म र भावना, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले गरेको प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, पीडितहरुको भावना र ग्राउण्ड रियालिटीका आधारमा संक्रमणकालीन न्याय टुंग्याउन सरकारले चाहेको उनले बताए ।

    सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी ऐन संशोधनका लागि मस्यौदा तयार भइसकको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘आउने हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।’

    उनले ऐनलाई पूर्णता दिँदा वा आयोगले न्याय र परिपूरण दिँदा पनि पीडित र सरोकारबालाको साथ लिइने बताए । अन्तर्राष्ट्रिय समुदायलाई पनि आफूहरुले यो मुद्दा टुंगोमा पुर्‍याउन नेपाल आफैं सक्षम रहेको धारणा राख्दै आएको भन्दै उनले भने, ‘यसमा अनावश्यक राजनीतिकरण नगर्न पनि हामीले भनेका छौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.