सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८ महिनापछि मनकामना केबलकार संचालनमा


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १३:३७ 
  • चितवन,मंसिर २८ । ८ महिनापछि मनकामना केबलकार आइतबारदेखि संचालनमा आएको छ। कोभिड १९ का कारण बन्द रहेको केबलकार आइतबार खूल्दा यात्रुको भीड लागेको छ।कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बिहान १० बजेसम्म एक हजार जनाले यात्रु चढिसकेको बताए। ‘हामीले केबलकार ९ बजे खोल्ने भनेका थियौं तर यात्रुको भीड देखेपछि साढे ८ बजे नै खोल्यौं,’ उनले भने, ‘हामीले दिनभरिमा १५ सय जना हुने अपेक्षा गरेका थियौं। तर मनकामनाको आस्थाका कारण बिहानै धेरै यात्रुहरु आउनुभयो।’

    उनका अनुसार मास्क लगाएर आउने यात्रुलाई मात्रै केबलकार चढ्न दिइएको छ। ‘हामीले सबै स्वास्थ्य मापदण्ड अपनाएर यात्रुलाई केबलकारमा प्रवेश दिएका छौं,’ श्रेष्ठले भने। कम्पनीले नगदरहित कारोबारका लागि इसेवा, फोन पे र खल्तीसँग सम्झौंता गरेको छ। कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मूल ढोकादेखि नै हेल्थ स्क्रिनिङ गरेको उनले बताए। कम्पनीले कुरिनटार स्टेसन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार गरेको छ।

    यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, सेनिटाइजेसनको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार सेनिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.