सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसका कारणले फस्टाए उद्यमी


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १३:२६ 
  • फुङ्लिङ, २८ मङ्सिर । कोरोना भाइरसका कारणले व्यवसाय जोखिम बनाएको समयमा नवीन लिम्बू सैलुन उद्यमी बन्नुभएको छ । पच्चीस वर्षीय उनी ताप्लेजुङको मिक्वाखोला खोक्लिङ गाउँका हुन् ।
    बन्दको समयमा नवीनले आफूले चिनेका साथीकै सैलुुनमा बोलाएर कपाल काटिदिन थाल्नुभयो । उहाँमा सानैदेखि कपाल काट्ने रहर थियो । जापानीज भाषा प्रशिक्षण कक्षा बन्द भएपछि नवीनको समय साथीलाई बोलाएर कपाल काटिदिने दैनिकी हुन थाल्यो । लामो समय कोरोनाका कारणले बजार बन्दमा धेरै जनाको कपाल र दाह्री काट्न भ्याए । कपाल र दाह्री काटिदिएबापत उहाँले राम्रो पैसा हात पार्न थाल्नुभयो । विस्तारै विदेश जाने सपना फेरिन थाल्यो ।

    उहाँ गत मङ्सिरको पहिलो हप्ता फुङ्लिङ बजारमा ६० हजार रुपैयाँबाट सैलुन खोल्न सफल हुनुभयो । अहिले तराई मुलको समुदायले सञ्चालन गरेको एक दर्जन जति सैलुन सञ्चालनमा छ ।
    नवीन अहिले बिहानदेखि बेलुकीसम्म सैलुनमा कपाल काट्न व्यस्त छन् । उहाँ कपालसँगै दाह्री र कापाल रङ्ग लगाउने र फेसवाससमेत गर्ने गर्दछन् । कपाल काटेरै महिनाको खर्च कटाएर रु ३५ हजार कमाउँदै आएको उहाँ बताउनुहुन्छ । लाखौँ खर्च गरेर पढाइ सकेर पनि बेरोजगार बन्नेको हजारौँ सङ्ख्यामा छन् । जागिर खोज्दै नेताको पछि लाग्नेको सङ्ख्या पनि कम छैन । सानो लागानीमै विदेशमा पसिना बगाएर कमाएको जति आफ्नो परिवार सँगै बसेर कमाउन सकिन्छ भन्ने एक उदारणीय बनेका छन् नवीन । कम लगानीमा हातमा सीप भए विनालगानीमा पनि व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सकिने व्यवसाय भएको उहाँ बताउनुहुन्छ ।

    उहाँको सैलुनमा दैनिक नयाँ ग्राहक बढ्दै गएको छ । व्यापार व्यवसाय अगाडि पढाउन पहिलो राम्रो बोलीचाली हुन आवश्यक भएको उहाँ बताउनुहुन्छ । राम्रो बोली र राम्रो व्यवहारले मात्र सम्बन्ध जोडिँदै जाने र राम्रो सम्बन्धले मात्र व्यवसाय सफल हुने उहाँको तर्क छ ।

    समय पहिलो स्थानीय समुदायले सैलुन खोलेकामा युवा नेता डम्बर ओख्राबो खुशी व्यक्त गर्नुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.