सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले आफ्नौ प्रशासनिक भवन निर्माण गर्दै


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १३:१९ 
  • खलङ्गा, २७ मङ्सिर । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले आफ्नौ प्रशासनिक भवन निर्माण गर्दैछन् । जसमा तिला गाउँपालिका, सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिका रहेका छन् ।

    यहाँका स्थानीय तहले साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाले करिब १६ रोपनी क्षेत्रफलमा सबै विषयगत शाखा र प्रशासन सञ्चालनका लागि सभाकक्षसहित आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागि परेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।

    आगामी दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । नयाँ बन्ने भवन अपाङ्गमैत्री हुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

    यहाँका छ गाउँपालिकाले हाल प्रयोग गरेका प्रशासनिक भवन निजी घरमा भाडा तिरेर बसेका छन् । चन्दननाथ नगरपालिकाको आफ्नौ प्रशासनिक भवन रहेको र गुठीचौर गाउँपालिकाले साविको गाविस भवनमा प्रशासनिक कार्यालय सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, हिमा गाउँपालिका र कनका सुन्दरी गाउँपालिकाले प्रशासनिक भवन निर्माण कुनै टुङ्गे लगाएका छैनन् ।

    अस्थायी कोभिड अस्पताल
    गुठिचौर गाउँपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सो गाउँपालिकाको वडा नं ५ मा अस्पताल सञ्चालन गरेका गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । नवनिर्मत भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको जानकारी दिनुभयो ।

    कोभिड अस्पतालमा आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउनका लागि स्थानीय सरकार लागि परेको अध्यक्ष भण्डारीले बताउनुभयो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने गरी काम भइरहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामालाल प्याकुरेलले बताउनुभयो ।

    सङ्घीय सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख बजेट पठाएको गाउँपालिकाले जनाएको छ । सो अस्पातलमा अहिले दुई स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिका स्वास्थ्य संयोजक बालकराम नेपालीले बताउनुभयो । गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीयवासी बताउँछन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.