चितवन चितवनलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गरेको सात वर्ष बितेको छ । वि.सं. २०६८ साल असोज ६ गते चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर त्यस यता सार्वजनिक शौचालय निर्माणको काम सन्तोषजनक रुपमा हुन नसक्दा घोषणा कागजमै सीमित बनेको छ । नारायणगढ, भरतपुर, रत्ननगर, पर्सा, भण्डारा, सौराहा, गीतानगर, रामपुर, चनौली, मेघौली लगायत जिल्लाका बजार क्षेत्रहरुमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका शौचालयको व्यवस्थापन हुन नसक्दा जीर्ण बन्दै गएका छन् । भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढ, मालपोतचोक, बसपार्कचोक, हाकिचोक जस्ता मानिसको बढी चाप हुने ठाउँहरुमा पनि पर्याप्त सार्वजनिक शौचालयको अभाव छ । पूर्वपश्चिम, नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा पनि सार्वजनिक शौचालयको अभाव छ । टाढाटाढाबाट काम विशेषले आउने र लामो यात्रा गर्ने मानिसहरु शौचालयको अभावमा कि त खुल्ला ठाउँको भर पर्नु परेको छ कि त होटलहरुमा चिया, खाजा खाने निउँ बनाएर शौच गर्नुपर्ने बाध्यता रहेको छ । तत्कालिन अवस्थाको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समिति चितवनले उक्त समयमा निक्कै ठूलो तामझामका साथ जिल्लालाई ‘खुल्ला दिसामुक्त’ घोषणा गराएपनि त्यसबेला गरिएका प्रतिबद्धताहरु पूरा गर्न नसक्दा घोषणा भाषणमै सिमित भएको हो । घोषणाको बेला जिल्लाका १६ हजार पाँच सय कच्ची शौचालयलाई पक्की बनाइने, जिल्लाका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने र आगामी तीन बर्षमा चितवनलाई सरसफाईमा नमूना जिल्ला बनाइने बताइएको थियो । तर सात वर्ष बितिसक्दा पनि घोषणा गरिएको काम पूरा हुन सकेको छैन । जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्ण डल्लाकोटी स्थानीय तहले विकास भनेको ढल र सडक कालोपत्रे मात्रै ठानिदिंदा अन्य विषय ओझेलमा परेको बताउँछन् । उनले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने सार्वजनिक शौचालय निर्माणमा स्थानीय तह उदासीन रहेका टीप्पणी गरे । सार्वजनिक शौचालय आवश्यक भएर पनि बनाउन नसक्दा सर्वसाधारण जनताले सास्ती व्यहोर्नु परेको उनको भनाई छ । भरतपुर महानगरपालिकाका इञ्जिनियर विराट घिमिरे शहरबजार र बाटोमा हिँड्डुल गर्नेहरुलाई पर्याप्त सार्वजनिक शौचालय उपलब्ध गराउन नसकेको स्वीकार गर्छन् । भएका शौचालयहरुको पनि व्यवस्थापन नहुँदा प्रयोगमा आएका छैनन् । ठूलो भीडभाड हुने ठाउँमा प्रयोग गर्नका लागि महानगरपालिकाले बनाएको मोबाईल शौचालय पनि विगत ६ महिनादेखि बिग्रिएर थन्किएको घिमिरेले जानकारी दिए । जहाँ पायो त्यहीँ शौच गर्दा महामारी रोगहरु फैलिने गर्दछन् । लामो समयसम्म शौच रोकेर राख्दा पनि स्वास्थ्यमा समस्या पर्ने गर्दछ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा खुला ठाउँमा दिसा पिसाब गर्दा झाडापखाला, जन्डिस, आउँ, हैजा, टाईफाईड जस्ता रोगहरु लाग्न सक्ने बताउँछन् । खुला ठाउँमा दिसा पिसाब गर्दा पानीमा मिसिएर, झिंगाले खानामा लगेर मिसाएर महामारी रोग फैलिन सक्ने उनले बताए । शौचालयमा मात्रै दिसाब पिसाब गर्न र शौच गरिसकेपछि राम्रोसँग साबुनपानीले हात धुन डा. खतिवडाको सुझाव छ । जानकारहरुका अनुसार एकग्राम मानिसको दिसामा १ करोड भाइरस, १० लाख व्याक्टेरिया, एकहजार परिजीवि र एकसय जूकाको अण्डा हुने गर्दछन् । घातक रोग लगाउने यी जीवाणुहरुलाई आँखाले राम्रोसित देख्न सकिँदैन । दिसाजन्य रोगहरुका कारण वर्षेनी झाडापखाला लगायतका प्रकोपहरु फैलिने गर्दछ । जसका कारण मानिसको ज्यान समेत जाने गरेको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने दिसा पिसाबको व्यवस्थापन गर्ने कार्यमा सरोकारवाला निकायले चासो नदिँदा सर्वसाधारणहरुले त्यसको मार खेपिरहेका छन् । बढ्दो शहरीकरणसँगै जिल्लामा पर्याप्त सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनु जरुरी छ ।
चितवन
चितवनलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गरेको सात वर्ष बितेको छ । वि.सं. २०६८ साल असोज ६ गते चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर त्यस यता सार्वजनिक शौचालय निर्माणको काम सन्तोषजनक रुपमा हुन नसक्दा घोषणा कागजमै सीमित बनेको छ ।
नारायणगढ, भरतपुर, रत्ननगर, पर्सा, भण्डारा, सौराहा, गीतानगर, रामपुर, चनौली, मेघौली लगायत जिल्लाका बजार क्षेत्रहरुमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका शौचालयको व्यवस्थापन हुन नसक्दा जीर्ण बन्दै गएका छन् ।
भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढ, मालपोतचोक, बसपार्कचोक, हाकिचोक जस्ता मानिसको बढी चाप हुने ठाउँहरुमा पनि पर्याप्त सार्वजनिक शौचालयको अभाव छ । पूर्वपश्चिम, नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा पनि सार्वजनिक शौचालयको अभाव छ ।
टाढाटाढाबाट काम विशेषले आउने र लामो यात्रा गर्ने मानिसहरु शौचालयको अभावमा कि त खुल्ला ठाउँको भर पर्नु परेको छ कि त होटलहरुमा चिया, खाजा खाने निउँ बनाएर शौच गर्नुपर्ने बाध्यता रहेको छ ।
तत्कालिन अवस्थाको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समिति चितवनले उक्त समयमा निक्कै ठूलो तामझामका साथ जिल्लालाई ‘खुल्ला दिसामुक्त’ घोषणा गराएपनि त्यसबेला गरिएका प्रतिबद्धताहरु पूरा गर्न नसक्दा घोषणा भाषणमै सिमित भएको हो । घोषणाको बेला जिल्लाका १६ हजार पाँच सय कच्ची शौचालयलाई पक्की बनाइने, जिल्लाका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने र आगामी तीन बर्षमा चितवनलाई सरसफाईमा नमूना जिल्ला बनाइने बताइएको थियो । तर सात वर्ष बितिसक्दा पनि घोषणा गरिएको काम पूरा हुन सकेको छैन ।
जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्ण डल्लाकोटी स्थानीय तहले विकास भनेको ढल र सडक कालोपत्रे मात्रै ठानिदिंदा अन्य विषय ओझेलमा परेको बताउँछन् । उनले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने सार्वजनिक शौचालय निर्माणमा स्थानीय तह उदासीन रहेका टीप्पणी गरे । सार्वजनिक शौचालय आवश्यक भएर पनि बनाउन नसक्दा सर्वसाधारण जनताले सास्ती व्यहोर्नु परेको उनको भनाई छ ।
भरतपुर महानगरपालिकाका इञ्जिनियर विराट घिमिरे शहरबजार र बाटोमा हिँड्डुल गर्नेहरुलाई पर्याप्त सार्वजनिक शौचालय उपलब्ध गराउन नसकेको स्वीकार गर्छन् । भएका शौचालयहरुको पनि व्यवस्थापन नहुँदा प्रयोगमा आएका छैनन् । ठूलो भीडभाड हुने ठाउँमा प्रयोग गर्नका लागि महानगरपालिकाले बनाएको मोबाईल शौचालय पनि विगत ६ महिनादेखि बिग्रिएर थन्किएको घिमिरेले जानकारी दिए ।
जहाँ पायो त्यहीँ शौच गर्दा महामारी रोगहरु फैलिने गर्दछन् । लामो समयसम्म शौच रोकेर राख्दा पनि स्वास्थ्यमा समस्या पर्ने गर्दछ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा खुला ठाउँमा दिसा पिसाब गर्दा झाडापखाला, जन्डिस, आउँ, हैजा, टाईफाईड जस्ता रोगहरु लाग्न सक्ने बताउँछन् । खुला ठाउँमा दिसा पिसाब गर्दा पानीमा मिसिएर, झिंगाले खानामा लगेर मिसाएर महामारी रोग फैलिन सक्ने उनले बताए । शौचालयमा मात्रै दिसाब पिसाब गर्न र शौच गरिसकेपछि राम्रोसँग साबुनपानीले हात धुन डा. खतिवडाको सुझाव छ ।
जानकारहरुका अनुसार एकग्राम मानिसको दिसामा १ करोड भाइरस, १० लाख व्याक्टेरिया, एकहजार परिजीवि र एकसय जूकाको अण्डा हुने गर्दछन् । घातक रोग लगाउने यी जीवाणुहरुलाई आँखाले राम्रोसित देख्न सकिँदैन । दिसाजन्य रोगहरुका कारण वर्षेनी झाडापखाला लगायतका प्रकोपहरु फैलिने गर्दछ । जसका कारण मानिसको ज्यान समेत जाने गरेको छ ।
मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने दिसा पिसाबको व्यवस्थापन गर्ने कार्यमा सरोकारवाला निकायले चासो नदिँदा सर्वसाधारणहरुले त्यसको मार खेपिरहेका छन् । बढ्दो शहरीकरणसँगै जिल्लामा पर्याप्त सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनु जरुरी छ ।