सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमाली टोलमा खनालको नेतृत्व


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १२:४० 
  • भरतपुर । भरतपुर महानगरपालिका–१० मा रहेको हिमाली टोलविकास संस्थाको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    भरतपुर–१० का वडा अध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष शोभासचन्द्र धितालको अध्यक्षतामा भएको सो साधारण सभा तथा अधिवेशनले बद्री खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा साधना पोखरेल, सचिवमा मुन्नीदेवी पोखरेल, र कोषाध्यक्षमा डिलकुमार श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

    सोही अवसरमा रेवती सापकोटा अध्यक्ष रहने गरी उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा सीता भट्टराई, कोषाध्यक्षमा सीता विष्टसहित ११ सदस्यीय आमा समूह गठन गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भण्डारी, वडा सदस्य माया नेपाली, जनशीतल टोलका उपाध्यक्ष राजेन्द्र अर्याल, समाजसेवी प्रदीपकुमार पोखरेल,संस्थाका सल्लाहकार भानु उपाध्याय, जनक अधिकारी, डा.हरिहर पोखरेल, खड्गकुमार श्रेष्ठ, आमा समूहकी अध्यक्ष नारायणी लम्साललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी सचिव साधना पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.