प्रेस युनियन, चितवनले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने
/११ जेष्ठ २०७६, शनिबार १२:०६
चितवन । नेपाल प्रेस युनियन, चितवनले सङ्गठन स्थापनाको रजत वर्ष विभिन्न कार्यक्रम गरी मनाउने घोषणा गरेको छ । रजत वर्षको अवसरमा यो वर्षभरि विभिन्न कार्यक्रम गरिने प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मासिक रुपमा कार्यक्रम गरी वर्षभरि उल्लासका साथ अबको एक वर्ष रजत वर्षको रुपमा मनाउने त्यस अवसरमा जानकारी दिइयो ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालका अनुसार जेठ १३ गते सङ्गठन स्थापना भएको दिनको अवसर पारेर वाकाथुन (कुनै सन्देशसहित समूहमा हिँड्ने कार्य) सहित रजत वर्षका कार्यक्रमको शुभारम्भ गरिने छ । सो दिन विहान ६ बजे पत्रकार एवम् जिल्लाका प्रवुद्ध व्यक्तिहरुसहितको सहभागितामा ‘हिडौँ स्वस्थ बनौँ’ भन्ने सन्देशसहित भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुलचोकसम्म सबै सँगै हिँड्ने कार्यक्रम रहेको छ ।
रजत वर्षको अवसरमा श्रमजीवी पत्रकारको अवस्था र श्रमजीवि ऐन कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया, जिल्लाका सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तरक्रिया, खुल्ला फोटो प्रतियोगिता, पत्रकार महिलाहरुको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेकाहरुलाई सम्मान, अन्तरमिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवम् दन्त परीक्षण कार्यक्रम गरिने प्रेस युनियन चितवनका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी, साँस्कृतिक कार्यक्रम, चितवनको इच्छाकामना गाउँपालिकामा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२०प्रति केन्द्रित पर्यटन विकास लक्षित कार्यक्रम, पिछडिएको वस्तीमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना कार्यक्रम र रजत स्तम्भ अनावरण, स्मारिका विमोचन एवम् समापन समारोह कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।