सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १२:२४ 
  • सोलुखुम्बु, २८ मङ्सिर । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

    गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट रु १५ लाख २४ हजार ६११ राजश्व सङ्कलन गरेको थियो । कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख १६ हजार ३५० र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ २५ पैसा मात्रै सङ्कलन गरेको जनाएको छ ।

    निकुञ्जको मुख्य आम्दानी नै सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट लिने प्रवेश शुल्क र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्क हो । खुम्बु क्षेत्रका लागि वर्षमा दुईपटक चैत–जेठ र असोज–मङ्सिरलाई मुख्य पर्यटकीय मौसम मानिन्छ । यही मौसममा कोभिड– १९ को महामारी विश्वभरी फैलिएपछि नेपालमा पनि लकडाउनले पर्यटक आवागमन ठप्प बनाएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा भारीमात्रामा गिरावट आएको हो । उहाँका अनुसार विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० र एकपटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार अवतरण शुल्क लिने गरेको छ ।

    विसं २०३२ मा स्थापना भएको निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

    सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

    यसैबीच राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार चालू आवको पहिलो चौमासिकमा ६८८ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । कोरोना कहरका बीच चालू आवको साउन, भदौ, असोज र कात्तिक महिनामा १३३ विदेशी र ५५५ स्वदेशी पर्यटकले भ्रमण गरेको कार्यालयले जनाएको छ ।

    गत साउन र भदौमा शून्य बनेको पर्यटन गतिविधि असोजमा १४६ स्वदेशी तथा २५ विदेशी नागरिकले भ्रमण गरेका थिए भने कात्तिकमा ४०९ स्वदेशी तथा १०८ विदेशी पर्यटकले भ्रमण गरेका थिए । गत आवको पहिलो चौमासिकमा १७ हजार ५६६ विदेशी र ४८८ स्वदेशी गरी १८ हजार ५४ पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.