सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १०:३३ 
  • भरतपुर, २८ मङ्सिर।   आज बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन् । कोरोनाको जोखिम यथावत रहेका बेला भक्तजनको भीड हुने भएकाले नआउन क्षेत्र विकास समितिले आग्रह गरेको थियो ।

    समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले गत वर्षको अनुपातमा आज २० देखि २५ प्रतिशत मात्र भक्तजन देवघाटमा सतबीज छर्नका लागि आएको बताउनुभयो । उहाँले आएका भक्तजनका लागि बिजुलीबत्ती, पानी र सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । सरकारले नै मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम राखेको उल्लेख गर्दै उहाँले बालाचतुदर्शी पनि घरमै बसी मनाउन आग्रह गरिएको बताउनुभयो ।

    बालाचतुर्दशीका दिन प्रत्येक वर्ष देवघाटमा सतबीज छर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सतबीज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । उहाँले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.