पत्रकार महासंघको साधारणसभामा चितवनका १३ पत्रकार पुरस्कृत
न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार ०६:३९
चितवन । चितवनमा कार्यरत १३ जना पत्रकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारणसभाको अवसरमा उहाँहरुलाई पुरस्कृत गरिएको हो ।
शनिबार महासंघको कार्यालय भरतपुरमा आयोजित कार्यक्रममा ५१ हजार १११ रुपैयाँ राशीको मैयादेवी पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोखरेल र दिपेन्द्र बडुवाल, ५० हजार ५१ रुपैयाँ राशीको अनन्त गंगा पत्रकारिता पुरस्कारबाट रेशम विरही र ईश्वर जोशी पुरस्कृत हुनु भएको छ ।
त्यसैगरी जनही ११ हजार ३११ रुपैयाँको तिलचन शाखी स्मृति पत्रकारिता पुरस्कारबाट नारायण सापकोटा र अनिल ढकाल सम्मानित हुनु भएको छ । जनही ११ हजार १११ रुपैयाँ राशीको बालकुमारी–विष्णुकुमारी नारी अभ्युदय पत्रकारिता पुरस्कारबाट सविता महतो र सुजिता हमाल पुरस्कृत हुनु भएको छ ।
यस्तै जनही १० हजार १११ रुपैयाँ राशीको श्रुजाश्री मैयादेवी पुरस्कारबाट अनिता अर्याल र सविता दराई पुरस्कृत हुनु भएको छ । १० हजार ११ रुपैयाँ राशीको उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट सूर्य पाठक सम्मानित हुनु भएको छ । चितवन उद्योग संघको सहयोगमा यसैवर्षबाट वितरण गर्न सुरु गरिएको ११ हजार ११ रुपैयाँ राशीको औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रविण बराल पुरस्कृत हुनु भएको छ ।
साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारिता क्षेत्र सधै अफ्ठ्यारोमा रहेको बताउनु भयो । उहाँले कानुनले पत्रकारको सुरक्षा गर्न नसक्नु र श्रमको मूल्य प्राप्त गर्न नसक्नुले यस क्षेत्र सधै अफ्ठ्यारोमा रहेको बताउनु भयो
पत्रकारहरुको हक अधिकारका लागि कानुन बने पनि कार्यान्वयनमा आउन नसक्नु दुःखत रहेको उहाँको भनाई थियो । पत्रकाररिता क्षेत्रको प्रबद्धन गर्ने जिम्मेवारी राज्यको रहेको भन्दै उहाँले पत्रकारहरुको रक्षा गर्न नसक्ने कानुन आबश्यक नरहेको बताउनुभयो । सरकारले निर्माण गरेका कानुन
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिब रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस संगठन नेपालका वागमती प्रदेश ईन्चार्ज विश्वमणी सुवेदी, महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सिर्जना अर्याल, पुरुसोत्तम सुवेदी, पुरस्कारदाताका तर्फबाट टंकनाथ पौडेल, सम्मानितका तर्फबाट रेशम बिरही, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका प्रमुख रेवती सापकोटा, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिना, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमागाई, प्रेस संगठन नेपाल चितवनका अध्यक्ष प्रकाशमणि ज्ञावली, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतले बोल्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न सभाले सचिव तीर्थ नेपालको प्रगती प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीको आर्थिक प्रतिवेदन पारित गरेको छ । महासंघको नयाँ नेतृत्वको लागि आगामी फागुन ३ गते एकै पटक जिल्ला प्रदेश र केन्द्रको अधिवेशन हुँदैछ ।