सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने:प्रदेश मुख्यमन्त्री पौडेल


  •    न्युजभित्तो/२६ मंसिर २०७७, शुक्रबार १४:३९ 
  • मकवानपुर मंसिर,२६। वाग्मती प्रदेशका मुख्य डोरमणि पौडेलमन्त्रीले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले आफूलाई अनुशासन र मर्यादाको दायरामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारले पनि आफूलाई समीक्षा गर्न पाउने बताउनुभयो ।

    प्रदेश सरकारले आफ्नो प्रदेशभित्र स्थापित रेडियो, टेलिभिजन, अनलाइन र छापा सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने नीति रहेको जनाउँदै उहाँले प्रदेशमा पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सञ्चार रजिष्ट्रारलाई प्रभावकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिइएको बताउनुभयो । उहाँका अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आगामी दिनमा ज्येष्ठ पत्रकारलाई निवृत्तिभरण दिन नेपाल पत्रकार महासङ्घले स्थापना गरेको कोषमा प्रदेश सरकारका तर्फबाट सहयोग गरिने छ ।

    सो अवसरमा वाग्मती प्रदेशसभामा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले सञ्चारगृहले जनताको भावनालाई संवाहकका रुपमा सम्प्रेषण गरी सार्वजनिक गर्दा जनताले प्रत्यक्षरुपमा विकासको पूर्वाधारको अवसर पाउने बताउनुभयो । वाग्मती प्रदेश, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सञ्चारगृहलाई आत्मनिर्भर बनाउनका लागि विज्ञापन उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारलाई गृहकार्य गर्न सुझाव दिनुभयो ।

    पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासङ्घ, वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट र सल्लाहकार गिरिजा अधिकारीले सरकारले सञ्चारसम्बन्धी ऐन ल्याउँदा पत्रकार महासङ्घको पनि सल्लाहसुझाव लिनुपर्ने बताउनुभयो ।

    साधारणसभामा पत्रकार महासङ्घ मकवानपुरका सचिव गणेशदर्पण अधिकारीले सङ्गठनको प्रतिवेदन तथा कोषाध्यक्ष सुदीप शिवाकोटीले महासङ्घको वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा सङ्गठनको प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।

    ज्येष्ठ पत्रकारलाई सम्मान:

    साधारणसभाका अवसरमा मकवानपुर जिल्लामा लामो समयदेखि कार्यरत तीन ज्येष्ठ सञ्चारकर्मीलाई पुरस्कार प्रदान गरिएको छ । मुख्यमन्त्री पौडेलले रासस मकवानपुर समाचारदाता कृष्णराम परियार, प्रयास साप्ताहिकका प्रकाशक कौशल पाण्डे र रेडियो सञ्चारकर्मी खेम बोलखेलाई जनही रु आठ हजार र प्रशंसापत्र प्रदान गर्नुभयो ।

    त्यसैगरी पत्रकार महासङ्घलाई नियमित सहयोग पुर्याएबापत हेटौँडा उपमहानगरपालिकालाई महासङ्घका तर्फबाट प्रदान गरिएको प्रशंसापत्र प्रमुख महतलाई प्रदान गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.