मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत
न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार १२:५२
इलाम, २५ मङ्सिर । मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ ।
मानवअधिकार दिवसको अवसरमा मानवअधिकार मञ्च नेपाल इलामले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट यस पटक ताप्लेजुङका पत्रकार गौतम पुरस्कृत हुनुभएको हो । गौतम कान्तिपुर दैनिकका उपसम्पादक हुनुहुन्छ ।
प्रदेश नंं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण राज्यमन्त्री राम राना र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले संयुक्त रुपमा उहाँलाई रु दश हजार नगदसहित खादा लगाएर पुरस्कृत गर्नुभएको हो ।
मञ्चले यसभन्दा पहिले पत्रकार महासङ्घ इलामकी अध्यक्ष कोकिला ढकाल, महासङ्घ केन्द्रीय सदस्य सटेन्द्र जवेगू, कान्तिपुरकर्मी पर्वत पोर्तेल, कञ्चनजङ्घा एफएमका चन्द्र भण्डारीलगायत पुरस्कृत भइसक्नुभएको छ । (रासस)