सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सरकारको मानवअधिकार आयोगलाई कमजोर बनाउने मनसाय होइन’


  •    /१० जेष्ठ २०७६, शुक्रबार २०:२९ 
  • संघीय संसदको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मानवअधिकार आयोगलाई कमजोर बनाउने मनशाय सरकारको नरहेको स्पष्ट पारेका छन् ।

    मानवअधिकार आयोगको स्वायत्ततालाई नै कमजोर बनाउने र सरकार मातहतको निकाय जस्तो संरचना मात्रै राख्ने किसिमका प्रावधानसहित सरकारले मानवअधिकार आयोग सम्बन्धी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भईरहेका बेला संसदीय समितिका सभापतिले विधेयकका सन्दर्भमा सरकारको बचाउ गरेका हुन् । 

    समिति सभापति पोखरेलले शुक्रबार आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरि अन्तर्राष्ट्रिय मूल्यमान्यता, अन्तर्राष्ट्रिय अभिसन्धिहरु र संविधानमा व्यवस्था भए अनुसारकै विधेयक आउनेमा विश्वस्त हुन आग्रह गरे । 

    संविधानले नै मुद्दाको अभियोजन गर्ने अन्तिम अधिकारी महान्यायाधिवक्तालाई तोकेकोले त्यही व्यवस्था विधेयकमा गरिएको भन्दै आयोगले मानवअधिकार उल्लङ्घनका घटनामा दोषी किटान गरि कारवाहीको सिफारिस गर्न सक्ने बताए । 

    उनले अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरुको जगमा मिडिया काउन्सिल विधेयक ल्याईने स्पष्ट पारे । 

    प्रेसमाथि नियन्त्रण गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याईएको तथा र मानवअधिकार आयोगलाई सरकार मातहतको निकाय बनाउने गरि मानवअधिकार आयोग विधेयक ल्याईएको भन्दै सरकारको चौतर्फी विरोध हुँदै आएको छ ।  (रातोपाटी डटकमबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.