सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ


  •    न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार ११:१६ 
  • कर्णाली, २५ मङ्सिर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिनुभयो ।

    त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

    त्यसैगरी भेरी नगरपालिका–१० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

    प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ । यही मङ्सिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको र उनीहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.