सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सरकारले अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने


  •    न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार १०:४२ 
  • मोरङ, २५ मङ्सिर । प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भइसकेको जानकारी दिनुभयो ।

    उहाँले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विराटनगरमा निजीस्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भइरहेको बताउनुभयो । मन्त्री घिमिरेले फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको धारणा व्यक्त गर्नुभयो ।

    प्रदेश जनस्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेटसमेत विनियोजन भएको जानकारी दिनुभयो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालको फोहोर व्यवस्थानका लागि ‘फोहोर जलाउने नभई कमाउने’ माध्यमका रूपमा कार्य शुरु गरिएको बताउनुभयो ।

    अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० का कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरको फोहोर व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.