सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेरि जोडियो विवेकशील साझा


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १७:४४ 
  • काठमाण्डौं, २४, मंसिर । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ ।

    विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच दोस्रो पटक पार्टी एक भएको घोषणा गरिएको हो । एकीकृत पार्टीका नेताले हिजो जानेर÷नजानेर अलग हुनु परेकोमा माफी मागेका छन् । नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे हुनुहुन्छ । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ ।

    दुवै दलबाट केन्द्रीय समितिमा ६५÷६५ गरी १३० र सचिवालयमा १३÷१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।

    एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोहीअनुरुप काम कारवाही अघि बढाइने घोषणापत्रमा उल्लेख छ । दुवै पार्टीबाट तीन तीन जना रहने गरी संवाद समिति बनाइएको छ । त्यही समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुसार पार्टीको कामकारवाही अघि बढ्ने छ ।

    घोषणा समारोहमा एकीकृत पार्टीका अध्यक्ष मिश्रले वैकल्पिक शक्तिको रुपमा प्रगतिशील पार्टी बनाउन चाहेको बताउनुभयो । उहाँले अप्ठेरो चुनौतीको बाटो तय गर्दा हामी एक पटक लडेको र त्यसबाट ठूलो समुदाय नै प्रभावित हुनु परेकोमा दुःख व्यक्त गर्नुभयो । “केन्द्रीय नेतृत्वको प्रयास, दबाब समूहलगायत चाहनाका कारण फेरि पार्टी एक हुन सफल भयो, सबैको साथ रहेमा सकारात्मक प्रयास कायम राखी पार्टीलाई अटल बनाउँदै देशको नेतृत्व गर्ने पार्टी बन्नुपर्छ भन्ने हाम्रो चाहना छ”, अध्यक्ष मिश्रले भन्नुभयो । उहाँले गल्तीको नागरिकले क्षमा दिने विश्वास व्यक्त गर्नुभयो ।

    भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिनमा एकीकरण घोषणा गर्नुको पछाडि भ्रष्टाचारमुक्त समाज, सुशासन र समृद्धिको चाहना जोडिएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो । उहाँले सक्षम र इमान्दार व्यक्ति नेतृत्वमा नपुगेका कारण मुलुक भ्रष्टाचारबाट माथि उठ्न नसकेको जिकिर गर्दै गणतन्त्रको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भन्नुभयो । उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको उल्लेख गर्नुभयो ।

    घोषणा समारोहमा संयोजक पाण्डेले आम नागरिकको एजेण्डा बोक्ने सच्चा लोकतान्त्रिक पार्टी बनाउने उद्घोष गर्नुभयो । उहाँले पार्टी फुटेकोमा समेत माफी माग्नुभयो । विवेकशील नेपाली दल र साझा पार्टी विसं २०७४ साउन ११ गते एकीकरण भएको थियो । आपसी असन्तुष्टिका कारण लामो समय नटिकी विसं २०७५ पुस २७ गते विभाजित भएको थियो । दुवै पार्टी गएको वैशाखदेखि नै एकताको प्रक्रियामा थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.