सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १७:०४ 
  • २३ मंसिर, काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अनुरुप सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरिसकेको छ । १० मंसिरमा नै नेपाल सरकारले यो निर्णय गरेपनि अझै उडान भने सुरु हुन सकेको छैन ।

    भारत उडान गर्न नेपालबाट नेपाल एयरलाइन्सलाई तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका निकायले आवश्यक प्रक्रिया पुरा गरेका छन् ।

    अब भारतको तर्फबाट मिति तय हुनासाथ नेपाल नेपाल एयरलाइन्सले दिल्लीमा उडान थाल्ने एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

    ‘नेपालको तर्फबाट सबै प्रक्रिया पुरा गरी भारतको अनुमति कुरिरहेका छौं,’ उनले भने । नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट उसले तोक्ने एक एयरलाइन्स कम्पनीले दैनिक एकरएक उडान गर्ने भएका छन् ।

    कसरी हुनेछ उडान ?

    एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रु थाल्नु अगाडी नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने भएको छ ।

    उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समय भन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ । नेपाल र भारतबीच ११ चैतयता नियमित उडान बन्द भएको हो ।

    सरकारले गत भदौबाट अन्तर्राष्ट्रिय उडान खुकुलो बनाएपनि दक्षिण एसियाली मुलुकमा भने उडान खोलिसकेको थिएन ।

    सरकारले अब भारतबाहेक अन्य मुलुकका लागि भने कोभिड १९ को संक्रमणको जोखिम विश्लेषण गरी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड र तोकिएका शर्त पालना गर्ने गरी हवाई उडान संचालन गर्न सकिने गर ििनर्णय गरेको छ ।

    अन्तर्राष्ट्रिय उडान खुलेको समयमा पनि यात्रुले भने स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ । अहिले दक्षिण एसियाली मुलुकमा उडान शुरु भइसकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.