सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ किशोरी छात्रावास भवन शिलान्यास गर्दै


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १६:४२ 
  • धादिङ, २४ मङ्सिर । गजुरी गाउँपालिका वडा नम्बर १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३० किशोरी बस्न मिल्ने भवन निर्माण गर्न लागिएको हो । प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा निर्माण गर्न लागेको हो । साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु एक करोड १५ लाखको लागतमा निर्माण गरिने योजना गरिएको भवन २०७८ जेठमसान्तसम्म सम्पन्न हुने प्रयासका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज भवन शिलान्यास गर्दै विकासका काम कुनै पनि बहानामा नरोक्न आग्रह गर्नुभयो ।

    चेपाङ किशोरीको शैक्षिक विकासका लागि किशोरी चेपाङ समुदायलाई लक्ष्य गरेर निर्माण गरिने छात्रावासबाट किशोरीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने जनाउँदै शिक्षाका माध्यमबाट सामाजिक रुपान्तरण अभियानमा सहकार्य निरन्तर रहने अपेक्षा सहयोगी साझेदार संस्थाले गरेको छ ।

    गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भौगोलिक विकट स्थानबाट उच्च शिक्षाका लागि आएका चेपाङ किशोरीको पढाइमा सहयोगका लागि विकास साझेदारसँगको समन्वय तथा सहकार्यमा निर्मित छात्रावासको सही प्रयोग तथा व्यवस्थापनमा आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा १६ दिने लैङ्गिक हिंसाविरुद्धको दिवसको अवसर पारेर प्रकाशित ‘लैङ्गिकतामा आधारित मुद्दामा समुदाय सशक्तीकरण सहयोगी सामग्री’ नामक पुस्तक विमोचन गरिएको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.