सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिडबाट नागरिकलाई बचाउन सरकार भरपूर प्रयास गरिरहेको छ : प्रविधिमन्त्री पार्वत गुरुङ


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १६:२५ 
  • काठमाडौँ, २४ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअलरुपमा आज उद्घाटन गर्दै उहाँले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

    “सरकार मानवअधिकार सुनिश्चित गर्न चाहन्छ, सधैँ सबै नागरिक सुरक्षा, शान्ति र प्रगतिका लागि काम गरिरहेको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “मानवअधिकार सुरक्षित गर्न सरकार सदा तयार छ, नागरिकले बाँच्नु पहिलो कुरा हो, मानवअधिकार हननका मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने त छँदैछ, अहिले कोभिडबाट बाँच्ने बचाउने कुरा मुख्य छ, त्यसबाट बचाउनका लागि सरकारले भरपूर प्रयास गरिरहेको छ ।”

    उहाँले अहिले कोभिडको खोप पनि आउन लागेकामा खुशी व्यक्त गर्दै विकसित, विकासोन्मुख, अल्पविकसित र विकासोन्मुख देशले पनि खोपबाट लाभ लिन सकून् भन्नेमा सबै मानवाधिकारकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो ।

    मुलुकको विकासका र समृद्धिका लागि सरकारले गर्नुपर्ने कामका सूची उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दै उहाँले समाजका सबैले मानवअधिकारको सूचना पाउने हकको उपभोग गर्न इन्टरनेट सेवालाई गाउँगाउँ र जनताजनताबीच पु¥याउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । “डिजिटल नेपालको अभियान नेपाल सरकारले ल्याएको छ, सूचना प्राप्त गर्नु पनि जनताको अधिकारको कुरा हो”, मन्त्री गुरुङले जोड्नुभयोे, “त्यो अभियानमा मानवअधिकारकर्मीलाई पनि लाग्न र सहयोग गर्न आग्रह गर्छु ।”

    सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगले मानवाधिकारको सचेतना जगाउन र घरघरमा मानवाधिकार पु¥याउन काम गरिरहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ योजनाको नीति तथा कार्यक्रम मानवाधिकारमा आधारित विकासका दस्तावेज भएको उल्लेख गर्दै विकास, सामाजिक रुपान्तरणसँग जोडिएको जानकारी दिनुभयो ।

    मानव अधिकार महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईंले मानवाधिकार हरेक नागरिकको घरघरमा लैजाने तथा शान्ति सम्झौताका बाँकी कुरा पूरा गर्ने उद्देश्यले महाभेलाको शुरुआत गरिएको जानकारी दिनुभयो ।

    गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीताराम लामा, दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भक्त विश्वकर्मा, महिला अधिकारकर्मी डा रेणु अधिकारीलगायतले विश्वमा निर्मित कोरोना खोप नेपालमा सुलभ र सहज रुपमा ल्याई मानवाधिकार रक्षाका लागि लाग्न आग्रह गर्नुभयो ।

    नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपे्रजले विश्वभरि कोभिडका कारण मानवाधिकार सङ्कटमा परेको हुँदा सबैले मिलेर रक्षा गर्नुपर्ने धारणा राख्नुभयो । तेजाबपीडित मुस्कान खातुनले तेजाब आक्रमणमा परेका महिलाको अधिकारको रक्षा गर्न बनेको कानूनको प्रभावकारी कार्यान्वयन गरी समाजमा चेतना ल्याउनुपर्ने माग गर्नुभयो ।

    सो अवसरमा मानवाधिकार सम्बन्धी वेबसाइट www.hrmagnameet.com समेत उद्घाटन गरिएको थियो। ।

    मानवाधिकार महाभेला सम्मान घलेलाई
    महाभेलाले मानव अधिकार राष्ट्रिय महाभेला सम्मान २०७७ सामाजिक न्यायका लागि निरन्तरण काम गर्नुभएका भद्रमान घलेलाई प्रदान गरेको छ । त्यस्तै पद्मरत्न तुलाधर राष्ट्रिय मानवअधिकार तथा शान्ति पुरस्कार २०२० द्वारा पूर्वसभामुख तथा मानवअधिकारकर्मी दमननाथ ढुङ्गानालाई रु ५० हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ भने शान्तलक्ष्मी श्रेष्ठ राष्ट्रिय महिला मानवअधिकार पुरस्कार, २०२० रोक्का मगरलाई प्रदान गरिएको छ । उक्त पुरस्कार छनोट समितिका संयोजकमा समाजकल्याण परिषद्का उपाध्यक्ष डा पद्मप्रसाद खतिवडा हुनुहुन्थ्यो ।

    बहत्तरौँ अन्तराराष्ट्रिय मानवअधिकार दिवस ‘रिकभर बेटर स्टयाण्ड फर ह्युमन राइटस’ भन्ने अन्तरराष्ट्रिय नारा र ‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ देशभर मनाइने भएको छ । महाभेलाको पाँचदिने कार्यक्रमको पहिलो दिन आज उद्घाटन गरी शुरु गरिएको हो ।

    महाभेलाका संयोजक गोविन्दबहादुर शाहीले कोभिडका कारण नेपालमा पनि साढे दुई लाख मानिस सङ्क्रमित र एक हजारभन्दा बढीले ज्यान गुमाएका अवस्थामा जीवनरक्षाका लागि लाग्न सबैलाई आह्वान गर्नुभयो ।

    महाभेलाको सहसंयोजक संस्था मानवीय जवाफदेहिता अनुगमन अभियान ९हामी० की गीता पाण्डेले दण्डहीनताको अन्त्य गर्न आग्रह गर्दै नेपालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायमा गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो । महाभेलामा करीब २०० सङ्घसंस्थाले सहभागिता जनाएका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.