सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ढुङ्गाखानीबाट गाउँमै रोजगारी


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १५:१८ 
  • बागलुङ, २४ मङ्सिर । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्कनुभएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाल्नुभयो । अफसोच काम सफल भएन । उहाँको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिनुभयो ।

    गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई आधुनिक र व्यावसायिक बनाउनुभयो । रु तीन लाखको लगानीमा गत वर्षदेखि ढुङ्गाखानी सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । ढुङ्गाखानीमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “मासिक रु ५० हजारदेखि एक लाखसम्म कमाई हुन्छ”, श्रीसले भन्नुभयो ।

    उहाँका अनुसार कुनै बेला ढुङ्गा राम्रो निस्कन्छ, कहिले कम । ठूलो आम्दानी मजदूरको ज्यालामा जाने गरेको श्रीसको भनाइ छ । उहाँ आफँै पनि ढुङ्गाखानीमा काम गर्नुहुन्छ । “मसहित १० जनालाई खानीले रोजगार दिएको छ, गाउँका युवाको चित्त बुझाएर काममा लगाएको छु”, उहाँले भन्नुभयो ।

    मजदूरले एउटा स्लेट ढुङ्गा (कटपिस टायल) काटेको तीन रुपैयाँ पाउँछन् । एकजनाले दिनमा चार÷पाँच सयसम्म स्लेट ढुङ्गा तयार पार्छन् । धेरै ढुङ्गा निस्केका बेला महिनाकै ३५/४० हजारसम्म कमाउँछन् । खानीमा उत्पादित स्लेट ढुङ्गालाई गाउँसम्म बोकेर ल्याउने काम भने महिलाले गर्छन् ।

    एउटा स्लेट ढुङ्गा बोकेको रु दुई पाउँछन् । एक खेपमा १०० वटासम्म बोक्ने गरेको स्थानीयवासी कुमारी श्रीसले बताउनुभयो । उहाँका अनुसार महिनामा चार/पाँचपटकसम्म डोकोमा स्लेट बोक्ने काम मिल्छ । भारी बोकेर पाउने ज्यालाले महिलालाई घरखर्च चलाउन सजिलो भएको छ । कतिले छोराछोरीको पढाइ खर्चसमेत त्यसैबाट धान्छन् ।

    ढुङ्गाखानीसम्म सडक नपुगेकाले मोटर आउने ठाउँसम्म बोकाएर ल्याउनु परेको ढुङ्गाखानी सञ्चालक खगेन्द्रले बताउनुभयो । “ढुङ्गा काट्ने काम हाम्रो पुख्र्यौली पेशा हो, आम्दानीको मुख्य स्रोत पनि यही हो”, स्थानीयवासी बेग श्रीसले भन्नुभयो । उहाँले नै पहिलोपटक विसं २०५७ मा भुजुङ्गेमा स्लेट ढुङ्गा काट्ने उपकरण र सीप भित्र्याउनुभएको थियो ।

    स्लेट ढुङ्गाको व्यावसायिक उत्पादन हुन थालेको भने सात÷आठ मात्र पुगेको छ । “ढुङ्गेनी गाउँले समेत चिनिने भुजुङ्गेको परम्परागत पेशा र आम्दानी नै ढुङ्गाखानीमा जोडिएको थियो । ढुङ्गा बचेरै गाउँलेले जीविका चलाउँथे । पहिले छाना छाउने ढुङ्गा मात्रै निकाल्ने गरिए पनि प्रविधिको विकाससँगै पछिल्लो समय टायलको विकल्पका रुपमा स्लेट ढुङ्गा प्रयोग हुन थालेको हो ।

    खानीमा छाउने ढुङ्गासँगै भित्तामा लगाइने स्लेट ढुङ्गा (कटपिस टायल), १२/१२, ६/१२ र १२/१८ को भुइँमा बिछ्याउने स्क्वायर टायल उत्पादन हुन्छ । कटपिस टायल प्रतिगोटाको रु १२ र स्क्वायर टायलको मूल्य क्रमशः रु ८०, ४० र १७० तोकिएको छ । एक हातको छाउने ढुङ्गालाई पनि रु १७० पर्छ ।

    ढुङ्गाखानीको उत्पादन गलकोटमै रहेको डिपोमार्फत देशका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेको छ । भुजुङ्गेमा खेगन्द्रसहित सुकमन र निर्मल श्रीसले पनि ढुङ्गाखानी सञ्चालन गरिरहनुभएको छ । सुकमनको खानीमा तीन र निर्मलको खानीमा चारजनाले रोजगारी पाएका छन् । सबैले आफ्नै निजी जग्गामा खानी खोलेका हुन् ।

    ढुङ्गाखानीलाई राज्यले व्यवस्थित गर्नुपर्ने माग स्थानीयवासीको छ । कानून अभावमा अहिलेसम्म ढुङ्गाखानी करको दायरामा आउन सकेका छैनन् । ढुङ्गाखानीलाई दर्ता गरी नियमानुसार चलाउन सञ्चालक राजी छन् । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले ढुङ्गाखानीसहित प्राकृतिक स्रोतसाधनको उपयोगबारे छिट्टै कानूनी प्रबन्ध गरिने बताउनुभयो । “अहिले पनि ढुङ्गाको अवैध कारोबार भइरहेको छ, नगरपालिकाले कर गुमाइरहेको छ, त्यसलाई व्यवस्थित गर्नैपर्छ”, उहाँले भन्नुभयो, “नियम र मापदण्डभित्र रहेर ढुङ्गाखानी सञ्चालन गर्ने वातावरण बनाउँछौँ ।”(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.