सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरेन्द्र सभागृहको पुनर्निर्माण आगामी १८ महिनाभित्र सम्पन्न हुने


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १३:४५ 
  • विराटनगर, २४ मङ्सिर । विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ ।

    सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिकाले साविकको स्वरुप नबिगारी आवश्यक मर्मतसम्भार एवं निर्माणको प्रक्रियालाई अघि बढाएको छ । कुनै बेला विराटनगरका सबैभन्दा राम्रो यो सभागृह अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा छ । शहरी विकास तथा योजना महाशाखाका प्रमुख अर्जुन थापाले सभागृहको पुराना संरचनालाई नबिगारी अहिलेको आधुनिक प्रविधिहरु जडान गरी नयाँ संरचना बनाइने जानकारी दिनुभयो । सभागृहको प्रबलीकरणका लागि करीब रु २७ करोड खर्च लाग्ने अनुमान गरिएकामा नगर विकास कोषले रु १२ करोड छुट्याएको छ भने प्रदेश सरकारले रु दुई करोड खर्च गर्ने भएको छ । भवनमा लाग्ने अन्य खर्च महानगरपालिकाबाट नै व्यवस्थापन गरिने नक्सा प्रमुख थापाले जानकारी दिनुभयो ।

    पटकपटक भूकम्पको क्षति व्यहोरिसकेको यो भवन पञ्चायतकालमै बनेको थियो । विभिन्न सभा समारोहका लागि उपयुक्त यस भवनलाई आधुनिकीकरण गर्नुपर्ने तथा समयसापेक्ष वातानुकूलित गर्नुपर्ने माग हुँदै आएको थियो । सभागृहलाई आकर्षक बनाउन आधुनिक प्रविधिहरु जडान गरिने र सो भवनमा भिआइपी कक्षका साथै मिडिया क्याबिनेटको व्यवस्था गरिनेछ । अब यसमा करीब ४०० मानिस सजिलै अट्न सक्ने बनाइने भएको छ ।

    महानगरपालिकाले सभागृहभित्र भइरहेका गतिविधिलाई बाहिरका मानिसले हेर्न सक्ने गरी बाहिरी भागमा एलइडी स्क्रिनको समेत व्यवस्था गर्नुका साथै भवनको शोभा बढाउन उच्चकोटीको पुष्प उद्यान निर्माण गरिने प्रमुख थापाले जानकारी दिनुभयो । स्थानीय शहीद रङ्गशालासँग जोडिएको सो सभागृह सार्वजनिक महत्वका कार्यक्रम गर्न निकै सुविधाजनक स्थान मानिन्छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.