सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दार्चुलाको सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच बढ्यो


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार ११:४३ 
  • दार्चुला, २४ मङ्सिर । स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।

    विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहँुच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संविधानले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चितता गरेसँगै दुर्गम बस्तीसम्म स्थानीय सरकारको अगुवाइमा स्वास्थ्य सेवा पहुँच पुगेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो, अहिले नागरिकले आधारभूत सेवा सहजै पाउन थालेका छन् ।”

    स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा दुईवटा अस्पताल छन् । हरेक स्थानीय तहमा सामुदायिक अस्पताल निर्माणको थालनी भएको छ । स्वास्थ्यचौकी जिल्लाभरि ४० छन् । तीमध्ये व्यासमा पाँच, दुहुँमा चार, नौगाडमा चार, मार्मामा पाँच, मालिकार्जुनमा छ, लेकममा चार र अपिहिमाल गाउँपालिकामा दुईवटा छन् भने महाकाली र शैल्यशिखर नगरपालिकामा समान पाँच÷पाँचवटा स्वास्थ्यचौकी छन् ।

    यसैगरी नौवटै स्थानीय तहमा सामुदायिक स्वास्थ्य एकाइ २६, शहरी स्वास्थ्य एकाइ चार र आधारभूत स्वास्थ्य केन्द्र १४ वटा स्थापना गरिएको छ भने गाउँघर क्लिनिक १५७, खोप क्लिनिक १४५ रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरि २९ वटा निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा छन् ।

    स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै स्थानीय तहले पनि स्वास्थ्य सेवामा नयाँ–नयाँ कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । “विगतको तुलनामा नागरिकले स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहँुच पाएका छन् । स्थानीय तहहरुले पनि नवीनतम कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ”, उहाँले भन्नुभयो ।

    व्यास गाउँपालिकाले विपन्न नागरिक उपचार सहयोग कार्यक्रम ल्याएको छ भने महाकाली नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम ल्याएको छ । नौगाड गाउँपालिकाले हरेक बस्तीबाट ३० मिनेटको दूरीमा पुगिने गरी स्वास्थ्य स्थापना गरेको छ । मार्मा गाउँपालिकाले ‘सफा आमा, स्वच्छ बच्चा’ कार्यक्रम चालु गरेको छ भने अपिहिमाल गाउँपालिकाले गर्भवती र सुत्केरीलाई ‘उपाध्यक्ष कोशेली कार्यक्रम’लाई निरन्तरता दिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम ल्याएको छ भने लेकम गाउँपालिकाले सबै स्वास्थ्य सेवामा ल्याब सेवा विस्तार नीति कार्यान्वयन गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।(रासस) 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.