सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गरिमा पार्कमा सरसफाइ सम्पन्न


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १०:३९ 
  • -अरुण पौडेल, चितवन , २४ मंसिर । गरिमा पार्क निर्माण तथा संरक्षण उपसमिती को आयोजना र नेपाल सितोरियो कराते उपशाखा ब्राह्मपुर डोजोको सहयोगमा गरिमा पार्कमा सरसफाइ सम्पन्न भएको छ।
     

    लकडाउनको फुर्सदिलो समयलाई उपयोग गरि युवाहरुको विशेष पहल र गरिमा टोल सुधार को साथमा निर्माण हुन लागि रहेको गरिमा पार्क पर्यटकीय र वातावरणीय हिसाबले दिनानुदिन आन्तरिक पर्यटक आकर्षकको रोजाइ बन्दै गइरहेको छ।यस अर्थमा आन्तरिक पर्यटकको आवतजावत सगै फोहोरमैला पनि बढदै गएपछी गरिमा पार्क निर्माण समिति र नेपाल सितोरियो कराते उप शाखा ब्राह्मपुरको सहकार्यमा पार्क सगैको करिब तीन सय मिटर संरक्षित क्षेत्र सरसफाइ गरिएको छ।

    कार्यक्रम पार्क निर्माण समिति अध्यक्षअर्जुन गौतम र कराते प्रशिक्षक दुर्गा कुमालको नेतृत्वमा करातेका करिब तीस जना विद्यार्थीलाई साथमा लिएर गरिएको थियो।बाह्र बर्ष देखि करिव पन्ध्र बर्ष उमेर समूहका विद्यार्थी रहेको यस कराते प्रशिक्षण कक्षामा सरसफाइलाई बाल उमेर देखीलाइ अगाडि बढाउने कार्यक्रमको प्रमुख उदेश्य रहेको थियो।त्यसतै पार्क निर्माण समिती सचिब तथा सामाजिक अभियान्ता अरुण पौडेल ले कार्यक्रममा साना विद्यार्थी भाइबहिनीलाई फोहोरमैलाको व्यवस्थापन कसरी गर्ने र फोहोरमैला जथाभावी फाल्दा यसबाट हुने असर बारे सानो सुझाव पनि दिनु भएको थियो।

    कार्यक्रमको अध्यक्ष समेत रहेका प्रशिक्षक दुर्गा कुमालले अन्तिममा आफ्ना विद्यार्थी भाइबहिनीलाई सुझाव स्वरुप बोल्दै गर्दा अबका दिन देखि हुने सम्पूर्ण कराते कक्षामा दैनिक सरसफाइ बारे ज्ञान गराउने प्रतिबद्धता पनि गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.