सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शक्तिको आडमा अपराधीलाई उन्मुक्ति : काँग्रेस नेता चौधरी


  •    /१० जेष्ठ २०७६, शुक्रबार १४:३५ 
  • चितवन । नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिने काम भएको आरोप लगाउनु भएको छ । आज चितवन मेडिकल कलेजमा उपचाररत प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि नेता चौधरीले उक्त आरोप लगाउनु भएको हो ।

    सरकारले अहिले शक्तिको आडमा आपराधिक क्रियाकलापमा संलग्नलाई उन्मुक्ति दिँदै आएको बताउँदै पूर्वमन्त्रीसमेत रहनुभएका चौधरीले यसलाई रोक्न आवश्यक रहेको बताउनु भयो । यही जेठ ३ गते शुक्रबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ्को कर सङ्कलन केन्द्रमा भएको आगजनीको घटनामा प्रसनि पौडेल जलेर घाइते हुनु भएको थियो ।

    काँग्रेसको जागरण अभियानमा चितवनका लागि केन्द्रीय प्रतिनिधि चौधरीले राष्ट्रसेवक प्रहरीमाथि पेट्रोल हालेर आगो लगाएको घटना अत्यन्तै निन्दनिय भएको बताउँदै पीडक जोसुकै भएपनि कारवाहिको दायरामा ल्याउन काँग्रेसले पहल गर्ने बताउनु भयो । अहिलेको सरकार हरेक घटनाका दोषीलाई संरक्षण गर्नेतर्फ उद्धत रहेको भन्दै उहाँले देशमा शान्ति सुरक्षाको अवस्था झन् खस्कँदै गएको बताउनु भयो । देशमा अराजकता फैलाउने काम स्वयम् सरकारले गरेको काँग्रेस नेता चौधरीको टीप्पणी थियो ।

    काँग्रेसको जागरण अभियान अन्तर्गत चितवनमा आजदेखि प्रजातन्त्रका सेनानीहरु, सहिद परिवारलगायतसँग भेटघाट र छलफलको कार्यक्रम रहेको छ । सोहि कार्यक्रमको सुरुवातमा घाइते प्रसनि पौडेललाई भेट्न पुग्नु भएका चौधरीले सरकारले कानुनको उल्लङ्घन गर्दै अपराधीलाई संरक्षण गरेको आरोपसमेत लगाउनुभयो ।

    जनताको सुरक्षामा खटिएका प्रहरी माथिनै आक्रमण हुनुले देशमा कानुनी राज्यको उपहास भएको उहाँको भनाई थियो । प्रसनि पौडेलको उपचार र दोषीलाई कारवाहिका लागि सधैँ काँग्रेस साथमा रहेको चौधरीले बताउनु भयो ।

    घाईते पौडेललाई भेट्न प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति तथा साँसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, पूर्व साँसद अन्जनी श्रेष्ठलगायत काँग्रेस नेता तथा कार्यकर्ता चितवन मेडिकल कलेज पुगेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.