सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सार्कलाई ताजा गति दिनको लागि शिखर सम्मेलन शीघ्र


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १६:२३ 
  • २३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई ताजा गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा जोड दिएका छन् ।

    ३६औं सार्क चार्टर डे को उपलक्ष्यमा भएका एक शुभकामना दिदै प्रधानमन्त्री ओलीले स्थापनाको ३६ वर्षमा सार्कले साझा फोरमको रुपमा धेरै ठोस प्रगतीहरु गरेको र साझा समझदारी र सहकार्यलाई प्रवर्द्धन गरेको समेत बताएका छन् ।

    ओलीले भनेका छन्,’शिखर सम्मेलन जतिसक्दो चाँडो आयोजना गरेर अवरुद्ध सार्क प्रक्रियालाई ताजा गति दिँदा जनतमा आशा जगाउन र आगाडी बढ्ने आधार तयार पार्न सकिन्छ ।’

    उनले अब अगाडी बढ्नका लागि राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता हित ठोस कार्यको आवश्यकता रहेकोमा समेत जोड दिएका छन् ।

    सन् २०१४ मा सार्क सम्मेलन भएयता सार्कको कुनै पनि सम्मेलन हुन सकेको छैन् । सन् २०१६ को नोभेम्बरमा आयोजना गरिएको सार्क सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

    त्यस यता सार्क सम्मेलन गर्न भारतले कुनै पनि चासो दिएको छैन् । भारत सहमत हुन नमानेका कारण नै सम्मेलन मात्र होइन्, सार्क नै अनिश्चित बनेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.