सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘इ क्लास नेपाल’


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १६:०८ 
  • काठमाडौँ, २३ मङ्सिर । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गर्नुभयो । उहाँले विद्यार्थीलाई सहज एवं सरल ढङ्गबाट विकसित सामग्रीको खोज गर्न, अध्ययन गर्न सकुन् भन्ने अभिप्रायसहित तयार गरिएको सो एप्सले कोभिड–१९ पछि प्रभावित दूरराजका बालबालिकालाई लाभ पुग्ने बताउनुभयो ।

    उहाँले सरकारले शैक्षिकसत्रलाई खेर जान नदिनका लागि विभिन्न निर्देशिका र शैक्षिक सामग्रीको विकास गरी वितरण गर्र्दै आएको जानकारी दिनुभयो ।
    महामारीपछि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी विद्यार्थीको सिकाइ अवस्थाको वर्गीकरणसहित सिकाइका वैकल्पिक उपायको प्रयोग गर्न मार्गप्रशस्त गरेको थियो ।

    केन्द्रमार्फत सिकाइ पोर्टल विकास गरी विद्यालय शिक्षाका सबै पाठ््यपुस्तकसहितका सामग्री उक्त पोर्टलमार्फत अध्ययन गर्न सकिने व्यवस्था पनि मिलाएको थियो भने श्रव्यदृश्य पाठहरू निर्माण÷विकास गरी क्रमशः रेडियो र टेलिभिजनबाट प्रशारण गराएको थियो ।
    केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले अनलाइनपद्दतिमा सामग्रीको सहज उपलब्धता, कम गतिको इन्टरनेटबाट पनि हेर्न र अध्ययन गर्न सकिने सामग्रीको विकास, टिभी र कम्प्युटरमा पहुँच नभएका कक्षा १० सम्मका विद्यार्थीलाई सहज उपलब्ध हुनसक्ने प्रणाली निर्माण गर्न प्राप्त सुझावका आधारमा सो एप्स विकास गरिएको बताउनुभयो ।

    एप्समा केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रशारण गरिएका सबै पाठहरू, पोर्टलमा रहेका पाठ्यपुस्तकलाई अझ सरल ढङ्गबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकका लागिसमेत उपयोगी हुने गरी विषयगत÷ कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम समावेश गरिएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.