सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्य


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १४:०७ 
  • बझाङ, २३ मङ्सिर। भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले बझाङको बुङ्गल नगरपालिकामा एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ ।

    युनाईटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाजको समन्वयमा बुङ्गल नगरपालिकाद्वारा आयोजित उक्त तालीममा वडा नं १ देखि ११ सम्मका ११ महिलासहित ५४ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

    ‘दरो घर, दिगो बस्ती’ भन्ने नाराका साथ डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालीम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । “हामीले घर निर्माण गर्ने डकर्मीलाई तालीम प्रदान गरी दक्ष बनाएका छौँ”, नगरपालिकाका प्रमुख धनबहादुर विष्टले भन्नुभयो, “तालीमप्राप्त डकर्मीले वडामा गएर अन्य डकर्मीसमेत उत्पादन गर्ने व्यवस्था नगरले मिलाउनेछ ।”

    तालीम प्राप्त डकर्मी तथा सचेत घरधनीका कारण नगरभित्रका भौतिक संरचना भूकम्पीय जोखिममुक्त हुने नगरको अपेक्षा छ । नगरपालिकाले हालै घर नक्सापासमा समेत कडाइ गरेको छ । नगरभित्र घर बनाउँदा विशेषज्ञ इन्जिनीयरले तयार पारेको नक्सा र अनिवार्य माटो परीक्षण गरेर मात्र घर निर्माणका लागि आवश्यक अनुमति प्रदान गर्ने गरेको छ ।

    नगरपालिकामा मापदण्डविपरीत घर निर्माण भइसकेका घरलाई समेत जरिवानाको दायरामा ल्याएको नगरप्रमुख विष्टले बताउनुभयो । नेपालमा परम्परागत शैलीदेखि आधुनिक शैलीमा घर निर्माण भइरहेकाले त्यस्ता घरलाई बलियो बनाउनका लागि गाउँदेखि शहरसम्म सचेतना जगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

    मानिसले आफ्नो जीवनमा सबैभन्दा बढी भरोसा गर्ने आफ्नै घर निर्माणमा सचेत नबन्दा आफ्नै ज्यानसमेत जान सक्ने भएकाले सचेत भएर घर निर्माण गर्न लाग्नुपर्ने युएमएनका विपद् जोखिम न्यूनीकरण अधिकृत सुरेश परियारले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.