सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १२:१६ 
  • विराटनगर, २३ मंसिर । मोरङको मिक्लाजुङमा एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ। हत्यामा नेत्रविक्रम चन्द नेतृत्वको संगठनका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ। स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो ।

    बिहानै उनको घर पुगेका चन्द समूहका केही कार्यकर्ताले उनलाई अपहरण गरेर जंगलतिर लगेको प्रहरीले जनाएको छ। परिवारले खोजी गर्ने क्रममा घरभन्दा पर जंगलमा उनी मृत अवस्थामा फेला परेका थिए । उनको शव टाउकामा गोली हानिएको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

    परिवारले घटनाबारे जानकारी दिएपछि त्यसतर्फ टोली खटाइएको मोरङ प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.