भरतपुर, २२ मंसिर । विपत् जोखिमबाट बच्ने उपायका बारेमा आज यहाँ अभ्यास गराईएको छ । भूकम्प र आगलागिको समयमा जन धनको क्षति न्यूनिकरणबारे अभ्यास गराईएको हो ।
युरोपियन यूनियनको मानवीय सहायता र आर्थिक सहयोगमा यूएनडिपी र भरतपुर महानगरपालिकामा सञ्चालित शहरी विपत जोखिम न्यूनिकरण परियोजना अन्तर्गत वडा तहमा अभ्यास गराईएको हो ।
सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवं भरतपुर महानगरपालिकाका सूचना अधिकारी अरुण पीडित भण्डारीले शहरी क्षेत्रमा आगलागि र भूकम्पको जोखिम रहेको भन्दै यस्ता तालिमले स्थानीयलाई विपतसँग लड्न सहयोग पुग्ने बताउनु भयो ।
दुई नम्बर वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठले पढेरभन्दा परेर सिकिने भन्दै यस्ता अभ्यासले स्थानीयलाई विपतसँग लड्न सिकाएको बताउनुभयो । उहाँले विपतसँग लड्नका लागि स्रोत साधनको खाँचो रहेको बताउनु भयो । आगलागी र भूकम्प जस्ता विपत्हरुबाट वडावासीलाई लड्नका लागि वडाले छिटै नयाँ कार्यक्रम ल्याउने समेत अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा फरवार्ड नेपालका कार्यक्रम संयोजक ऋषिकेश ढकालले महानगरमा विपत्को खाडल रहेको बताउनु भयो । उहाँले महानगरको विपत्लाई सहयोग गर्ने उद्देश्यले वडा तहमा आगलागि तथा भूकम्प सुरक्षा सम्बन्धी अभ्यास गराईएको बताउनुभयो । विपत्मा सहयोगका लागि स्थानीय नै जुट्नु पर्ने भन्दै विपत्सँग लड्न स्थानीयलाई तयार पार्न लागिएको बताउनु भयो ।
कार्यक्रममा यूएनडिपीका अञ्जना शर्मा, सामाजिक कार्यकर्ता मञ्जु रेग्मी, रशु थकाली लगायतको सहभागिता रहेको थियो । वडा नम्बर २ र वडा नम्वर १० मा गरिएको कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाल रेडक्र सोसाईटी चितवनका सदस्य एवं जिल्ला विपत् व्यवस्थापन समिति संयोजक महेश्वर थपलियाले भूकम्प आगलागिमा परेका व्यक्तिहरुलाई कसरी आफु जोगिएर अरुलाई उद्धार गर्न सकिन्छ भन्ने विषयमा अभ्यास गराउनु भएको थियो ।