सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिमानामा सर्वसाधारणलाई सामाजिक र सांस्कृतिक गतिविधिमा प्रभा


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार १६:३४ 
  • सर्लाही, २२ मङ्सिर । कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् ।

    सीमा वारिपारिको सम्बन्धमा लगाइएको रोकले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसले आक्रोश समेत पोख्न थालेका छन् । जिल्लाका मुख्य नाकाबाट मालबाहक सवारी साधन खुलेआम रुपमा नेपाल प्रवेश गरिरहेका भए पनि सर्वसाधारण भने सिमानाका नजिकैको खेतको बाटोबाट वारिपारि गरिरहेका छन् ।

    मुख्य सिमानाका मलङ्गवा, सिमानाका त्रिभुवननगर, पर्सा, बारालगायतका स्थानबाट चामल, दाल, आलु प्याज बोकेका मालबाहक सवारी साधन नेपाल प्रवेश गरिरहेका भए पनि स्थानीय प्रशासनले सर्वसाधारणलाई सो बाटोको प्रयोेग गर्न नदिँदा सर्वसाधारण खेत तथा गल्लीको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीयवासी रामाआधार साहले बताउनुभयो ।

    नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा सामान किन्न पाउने भएका कारण सो क्षेत्रका अधिकांश स्थानीयवासीले सीमापारीबाट नै घरायसी सामान ल्याउने गरेको रवीराज कुशवाहले बताउनुभयो । मालबाहक सवारी साधनलाई बिना अवरोध प्रवेश गर्न दिँदा र सर्वसाधारण चोर बाटोबाट आवतजावत गर्नु पर्दा सीमावर्ती क्षेत्रका नेपालीलाई मर्का परेका सर्लाही उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साहले बताउनुभयो ।

    सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका स्थानीयवासीलगायत एकमत देखिएका छन्् । जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाउनका लागि दबाब दिन सर्वदलीय सङ्घर्ष समितिसमेत बनेको छ । सङ्घर्ष समितिको नेतृत्वमा मलङ्गवाको भारतको सोनवरसासँग जोडिने भन्सार क्षेत्रमा धर्ना समेत दिइएको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन । धर्नामा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य सङ्घलगायतले साथ दिएका सङ्घर्ष समितिका संयोजक चौधरीले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.