सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिंसाविरुद्ध अभियान चलिरहँदा पनी कञ्चनपुरमा हिंसाका घटना बढिरहेकै


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार १६:१८ 
  • महेन्द्रनगर, २२ मङ्सिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहँुजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटमा उक्त अभियान सफल बनाउन सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अभियान चलिरहँदा प्रहरीमा महिला हिंसाका आठ उजुरी आएको बताउनुभयो ।

    “हामी पनि जिल्लाका सरोकारवाला सङ्घसंस्थादेखि निकायसम्म लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउन सहकार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो बीचको अवधिमा प्रहरीमा १३७ महिला विभिन्न समस्या लिएर सेवाका लागि आएका छन् ।” कोरोना सङ्क्रमणका कारण बढ्दो बेरोजगारी, आर्थिक अभावलगायतका कारण पनि हिंसा बढ्न थालेको प्रहरीको बुझाइ छ ।

    “बेरोजार भएर लामो समय घर बस्दा पनि श्रीमान्÷श्रीमतीबीच तनाव भएर प्रहरीमा उजुरी आएका घटना पनि छन्”, प्रवक्ता थापाले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर लैङ्गिक हिंसा बढिरहेको पनि छ ।”

    त्यसैगरी दोधाराचाँदनीको अवैध बाटोबाट भारत जान लागेका यहाँको बेदकोट नगरपालिकाका चार युवतीलाई पनि प्रहरीले सीमानाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “लैङ्गिक हिंसाका तीन र घरेलु हिंसाका पाँच गरी यहाँ आइतबारसम्म आठ उजुरी परेका छन्”, थापाले भन्नुभयो, “जिल्ला प्रहरीले ग्रामीण बस्तीसम्म १६ दिने अभियानअन्तर्गत सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।”

    ‘लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्बद्धता’ भन्ने नाराका साथ यही मङ्सिर १० गतेदेखि अभियान शुरु भएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले आफूहरु अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । पछिल्लो समय मुख्य नाकाभन्दा पनि दोधारा–चाँदनीबाट दैनिकजसो महिला तथा बालबालिका उद्धार गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.