सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तोकिएको धानको मूल्य किसानले पाएनन्


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार १५:४६ 
  • देउखुरी, २२ मङ्सिर । दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी खरिद बिक्री भइरहेको छ ।

    लमही नगरपालिका–३ फल्कापुरका कमल चौधरीले गत वर्ष मोटो धान रु दुई हजार क्विन्टल बिक्री गर्नुभएको थियो । यसपाली पनि सोही मूल्यमा २०० क्विन्टल धान बिक्री गरेको र बाँकी ३०० क्विन्टल धान पनि सोही मूल्यमा बेच्नुपर्ने बाध्यता भएको बताउनभयो । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको उहाँ बताउनुहुन्छ ।

    राप्ती गाउँपालिका–२ का पुरन चौधरीले मझौला धान प्रतिक्विन्टल रु दुई हजार १०० मा स्थानीय व्यापारीलाई बेचेको बताउनुभयो । समयमा प्रशस्त पानी परेको र समयमा मल उपलब्ध भएका कारण धान उत्पादन राम्रो भए पनि बिक्री गर्दा मूल्य नैै पाउन नसकेको र उत्पादनअनुसारको मूल्य नपाउँदा श्रम त्यसै खेर गएको गुनासो गर्नुभयो ।

    सङ्घीय सरकारले किसानको सहुलियतका लागि रोपाइँ गर्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । यहाँ हालसम्म पनि धानको समर्थन मूल्य नतोकिएको कृषकको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा कृषकले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद नगरेका कारण सस्तोमा बिक्री गर्नु परेको कृषकको भनाइ छ । कृषि ज्ञान केन्द्रले अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार नौ हजार ३०५ मेट्रिकटन बढी धान उत्पादन भएको छ । अठतीस हजार ४९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै गत वर्ष ३७ हजार ७१० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ६९ हजार ६९५ टन धान उत्पादन भएको थियो । यस वर्ष धानखेतीको क्षेत्रफलसमेत बढेको छ । ज्ञान केन्द्रका अनुसार गत वर्षभन्दा यस वर्ष धानको क्षेत्रफल ७८७ हेक्टर वृद्धि भएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.