सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार १३:३४ 
  • भजनी, २२ मङ्सिर । पछिल्लो समय व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै गएको छ । तालिमले आयआर्जनमा बृद्धि गर्न सहयोग पु¥याएपछि प्रभावकारी बन्दै गएको हो । व्यवसाय सञ्चालन, रोजगारी, सीप र मुख्य प्राथमिकतामा राखेका तालीमप्रतिको आकर्षण बढ्दैछ । पछिल्लो समय सरकारलेसमेत व्यावसायिक तालीमलाई मुख्य प्राथमिकता दिन थालेको छ । यसले गर्दा स्थानीय क्षेत्रमा पनि तालीमको माग बढ्दै गएको बताइएको छ ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा विभिन्न विधामा लामो तथा छोटो अवधिका तालीम सञ्चालनमा ल्याइरहेको छ । परिषद्द्वारा शिक्षा तथा व्यावसायिक तालीम सञ्चालनमा ल्याउने उद्देश्यले विसं २०६६ मा टीकापुर पोलिटेक्निक इन्स्टिच्युट स्थापना गरिएको थियो । इन्स्टिच्युटमा कृषि, पशुविज्ञान, सिलाइबुनाइ, सौन्दर्य, बेमौसमी तरकारीखेती, निर्माणसँगै मागअनुसार छोटो अवधिका विभिन्न सीपसम्बन्धी तालीम सञ्चालित रहेको छ । इन्स्टिच्युटले आवश्यकता र मागअनुसार विभिन्न समयमा छोटो अवधिका तालीम पनि प्रदान गर्दै आएको इन्स्टिच्युटका प्रमुख टेकेन्द्र थापा जानकारी दिनुभयो । इन्स्टिच्युटले मोबाइल मरमत, आधरभूत कम्युटर अपरेटर, उपकरण, प्लम्बिङ, हाउस वाइरिङ, सिलाइबुनाइ, सौन्दर्य, बेमौसमी तरकारीखेती, सामुदायिक पशु स्वास्थ्य सहायक, सामुदायिक कृषि सहायकलगायतका तालीम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म करिब तीन हजारभन्दा बढीले इन्स्टिच्युटबाट तालीम लिइसकेका जनाइएको छ ।

    टीकापुरमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश तिमिल्सिनाले व्यावसायिक तालीमले बजारमा एक प्रकारको तरङ्ग ल्याएको जानकारी दिनुभयो । उहाँले हिजो अनुमान र परम्परागतरुपमा काम हुँदै आएकामा अहिले तालीम लिएर गरिने काम धेरै प्रभाकारी भएको बताउनुभयो । पोलिटेक्निक इन्स्टिच्युटले उत्पादन गरेकाले सहजै बजारमा रोजगारीको अवसर पाएका छन् । “मसँग पनि अहिले चार जना पोलिटेक्निकमा तालीम लिएकाले काम गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “तर सबै पूर्ण छ भन्न त सकिँदैन । व्यावसायिकरुपमा दिइने तालीमले बेरोजगारलाई रोजगारमा जोड्ने काम पोलिटेक्निकले गर्दै आएको छ ।”

    सिलाइकटाइ व्यवसायी सङ्घ टीकापुरका अध्यक्ष प्रेम चौधरी पोलिटेक्निकलबाट तालीम लिएका पाँचजनाले आफैँसँग काम गरिरहेको बताउनुहुन्छ । उहाँले आर्थिक अवस्था कमजोर, पिछडिएका वर्ग, काम गर्न चाहनेका लागि पोलिटेक्निक वरदान भएको बताउनुभयो । अध्यक्ष चौैधरीले गत वर्ष पोलिटेक्निकको सिलाइकटाइमा सहभागी ४० जनालाई आफँैले तालीम दिएको र ती मध्ये पाँचजनालाई आफ्नै व्यवसायमा रोजगारी दिएको बताउनुभयो । “सङ्घसंस्था र सरकारबाट थुप्रै खालका व्यावसायिक तालीम हुने गरेका छन् । तर ती तालीम पूर्ण हुँदैनन् र सहभागीले दक्षतासमेत हासिल गर्न सकेको छैन ।” उहाँले भन्नुभयो, तालीम दिएपश्चात् पनि ती व्यक्तिको अनुगमन र निगरानी हुन जरुरी छ ।यसले गर्दा राज्यले गरेको खर्च सही ठाउँमा सदुपयोग होस् ।”

    टीकापुरमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद न्यौपानेले अन्य सङ्घसंस्थाले दिएको तालीमभन्दा पोलिटेक्निक इन्स्टिच्युटले दिएको तालीम विश्वसनीय रहेको जानकारी दिनुहुन्छ । “प्रयोगात्मकरुपमा तालीम अझै प्रभावकारी हुन सकेका छैनन् । सैद्धान्तिकरुपमा मात्रै बढी प्राथमिकता दिएको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “मसँग काम गर्ने १० जना छन् । उनीहरुले पनि व्यावसायिक तालीम नै लिएर आएका हुन् । तर सहजै विश्वास हुनेगरी सीप सिक्न सकेको देखिएन ।” व्यवसायि न्यौपाने बजारसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नसक्ने तालीमको आवश्यताका रहेको बताउनुहुन्छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.