सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय पूर्वाधार विकासका लागी छनोट भएका योजना सार्वजनिक


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार १३:२६ 
  • गण्डकी, २२ मङ्सिर । कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम एवं प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रम २०७७/०७८ अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी तथा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र दीपक कोइरालाले रु आठ करोड बराबरका ७७ योजना संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।

    निर्वाचन क्षेत्रअन्तर्गत रुपा गाउँपालिकामा छ योजनामा रु एक करोड २० लाख, मादी गाउँपालिकाका नौ योजनामा रु एक करोड २५ लाख र पोखरा महानगरपालिकाका १० वडामा रु एक करोड ५५ लाख विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य अधिकारीले जानकारी दिनुभयो ।

    योजनाअन्तर्गत रुपा गाउँपालिकास्थित रामकोट—रामदी सडकमा रु ५२ लाख, मज्ञ्याङकोट–माउडाँडा सडकमा रु ३० लाख, मादी गाउँपालिका गोर्जे सामुदायिक भवनमा रु २० लाख, कदममार्ग सडक खानेपानी योजनामा रु २५ लाख र पोखरा –२८ स्थित डुडखोला पुलमा रु २५ लाख राखिएको छ ।
    त्यसैगरी पोखरा –२७ तालचोक कृषिउपज सङ्कलन तथा बिक्री केन्द्रमा रु २५ लाख, शिवचण्डी मोटर बाटो रुपामा रु २५ लाख, रुपा गाउँपालिका डेरी तथा कृषिउपज सङ्कलन केन्द्रमा रु २० लाखलगायत योजना छनोट गरिएको छ ।
    योजना सार्वजनिक गर्दै सांसद अधिकारीले सबैको साथ र सहयोगबाट गुणस्तरीय तथा समयमा विकासनिर्माणका योजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्रदेशसभा सदस्य गुरुङ र कोइरालाले सडक, खानेपानीसंँगै उत्पादनमा जोड दिने गरी योजना छनोट गरिएको जानकारी दिँदै पुस महिनाभित्र योजना सम्झौता गरिनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले विकासनिर्माणको अनुगमनलाई प्रभावकारी बनाइँदै आएको बताउँदै यसमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.