सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार ११:३९ 
  • काठमाडौँ, २२ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ ।

    अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा पहुँचयुक्तता स् प्रवद्र्धनको अवस्था र अबको बाटो’ विषय कार्यक्रममा सो मन्त्रालयका सहसचिव अनिकुमार दत्तले सूचना तथा सञ्चार नीतिअनुसार विशेष क्षमता भएका व्यक्तिको सूचनामा सहजताका लागि कार्यक्रम तर्जुमा गरिएको र अनुकूल मोबाइल एप्स निर्माण गरिएको बताउनुभयो । उहाँले प्रत्येक निकायले निर्माण गर्ने वेबसाइट र इन्टरनेट सेवालाई त्यस्ता व्यक्तिको पहुँचयुक्त बनाउन नयाँ निर्देशिकाको तयारी भइरहेको जानकारी दिनुभयो ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले राज्यका भवन तथा सेवासम्बन्धी अलगअलग निर्देशिका कार्यान्वयनमा रहेको र थप अनुकूल बनाउन संशोधन गरिने बताउनुभयो । उहाँले अपाङ्गमैत्री नेपाल निर्माणको लक्ष्यसहित राष्ट्रिय कार्ययोजनाका लागि कार्यदल गठन गरिएको पनि जानकारी दिनुभयो ।

    महासङ्घका अध्यक्ष मित्रलाल शर्माले सरकारले आफूहरुले गरेको वकालतका आधारमा अपाङ्गतामैत्री नीति र संरचना बन्न थाले पनि सबै क्षेत्रमा सहजता नभएको बताउनुभयो । कार्यक्रम संयोजक विमल पौडेलले आफूहरुको अध्ययनमा काठमाडौँ उपत्यकाका १५० सार्वजनिक संरचनामा १२ प्रतिशतमा मात्रै आंशिक पहुँचयुक्तता पाइएको बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.